बागलुङका चार हजार वृद्धवृद्धालाई कोरोना विरुद्धको खोप लगाइने


–आदर्श अनलाइन, बागलुङ

जेठ २५ गते देखि बागलुङमा पुन कोरोना बिरुद्धको खोप अभियान शुरु गरिने भएको छ । कोरोना विरुद्धको चिनियाँ भेरोसेल खोप ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका वृद्ध वृद्धालाई लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा चार हजार ३६ डोजको चिनियाँ खोप आइसकेको छ । उक्त खोप अभियान जेठ २५ देखि २७ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट लगाइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।

खत्रीका अनुसार २०१२/११/२४ देखि २०१६/२/२७ भित्र जन्मेका वृद्धवृद्धालेमात्रै खोप लगाउन पाउने छन् । यो खोप पहिलो डोज हो । तर काठमाण्डौमा भेरोसेलको पहिलो डोज लगाएकालाई खोप कार्डका आधारमा बागलुङमा समेत दोस्रो डोज समेत दिइने छ । उक्त खोप कोरोना महामारीमा खटिएर खोप लगाउन छुटेकालाई समेत दिइनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *