कोरोनामा एकल महिलालाई राहत र खोपको माग गर्दै ध्यानाकर्षण


–आदर्श अनलाइन, बागलुङ
कोरोना कहरमा एकल महिला बढी समस्यामा परेको भन्दै सरोकारवालाको ध्यानआर्कषण गराइएको छ । कोरोनाले सिङ्गो मानव जगतलाईनै कष्टकर जिबन जिउन बाध्य बनाएकोमा एकल महिला तथा एकल महिलाको परिवारमा थप समस्या भएको भन्दै एकल महिलालाई राहत तथा खोपको व्यवस्था गर्न मानव अधिकारका लागि एकल महिला समुह बागलुङले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

कोरोनामा गरीब, बिपन्न तथा एकल महिला र उनिहरुप्रती आश्रित बालबालिका झनै पीडामा परेको भन्दै राहतको माग गरिएको छ । निषेधाज्ञामा दैनिक ज्यालादारी गरेर परिवार पालेका एकल महिलाहरु पनि घरभित्र नै थुनिएर बस्नुपरर्ने बाध्यतामा सरकारले राहतको व्यवस्था गर्नुपर्ने समूहको माग छ ।

यस्तो बेलामा स्थानीय सरकारले राहतको ब्यबस्था गर्नुपर्ने, बिपन्न र गरिब तथा एकल महिलाका लागि कोभिड सक्रमित भएमा सबैखाले स्वास्थ्य संस्थाबाट निशुल्क उपचारको ब्यबस्था हुनुपर्ने, एकल महिला र उनिहरुप्रती आश्रित परिवारका सदस्यलाई यथाशीघ्र खोपको ब्यबस्था हुनुपर्ने लगायतका मागहरू सहित मानव अधिकारका लागि महिला एकल महिला समुह बागलुङको तर्फबाट समूहका अध्यक्ष खड्क कुमारी खड्काले प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीलाई ज्ञापन पत्र बुझाउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *