प्रवासी युवाको एक समूह: जसले हर महिना विपन्नलाई सघाउँछ

थम्मन थापा, बागलुङ
वैदेशिक रोजगारीमा गएकाहरुलाई केवल घरको माया मात्र छैन यो देश र समाज प्रति पनि उनीहरु चिन्तन मनन गर्छन् । आवश्यक पर्दा गाउँ समाजमा हुने मेला महोत्सव देखि विपन्न र आपतमा परेकाहरुलाई पनि उत्तिकै सहयोग गर्दछन् । संस्थागत होस् या व्यक्तिगत या समुह बनेर जुन सुकै ढंगबाट भएपनि सहयोग गर्ने परम्परा आजभोली निकै बढेको छ ।

पछिल्लो समय यसैको एउटा ज्वलन्त उदाहरण हो रोजगारीको शिलशिललामा जापानमा रहेका केहि युवाहरुको समुह जसले विगत डेढ वर्ष यता प्रत्येक महिना कुनै न कुनै विपन्न, गरिब, दलित र पिछडीएका परिवारलाई सहयोग गर्ने गरेको छ।

५,६ जनाको ग्रुप ९समुह० हरेक महिना सहयोग : कसै न कसेका लागि बनाएर डेढ वर्ष देखि मासिक सहयोग उनीहरुले गरिरहेका छन । ग्रुपमा बिमल श्रेष्ठ, प्रल्हाद अधिकारी, निशान भट्ट, लोकेन्द्र भण्डारी, सुवास खत्री र मिन थापा रहनुभएको छ । कहिले धादिङको चेपाङ बस्तीका विपन्न परिवार, कहिले चितवनका मृगौला पिडित, कहिले आर्थिक अभावमा परेका विद्यालय, विद्यार्थीलाई लत्ता कपडा र नगद सहयोग गर्दै आईरहेका छन । केहि दिन पहिले यो ग्रुपले बागलुङको गलकोट नगरपालिका ७ मल्मका २ परिवारलाई नगद र लत्ता कपडा सहयोग प्रदान गरेको थियो ।

स्थानिय जनहित कला केन्द्रको ५ औं वार्षिकोत्सव तथा तिहार मेलाको अवसरमा मल्मका विपन्न परिवार कुमारी दमाई र धन कुमारी विश्वकर्मालाई झण्डै ५० हजार बराबरको खाद्यान्न, लत्ता कपडा र नगद सहयोग हस्तान्तरण गरेको ग्रुपका सदस्य सुवास खत्रीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । समाजमा आपत विपतमा परेका नागरिकलाई थोरै भएपनि राहत होस भन्ने उद्येश्यले यसरी ग्रुप मार्फत सहयो गर्न थालिएको खत्रीले बताउनुभयो ।

गत वर्ष धादिङको गल्छी गाउपालिका वडा नं३ पोखरीका कृष्ण वाणालाई नगद रु २१ हजार, ६ हजारको खाद्यान्न र ३ हजारको लत्ता कपडा सहयोग प्रदान गरिएको सदस्य मिन थापाले जानकारी दिनुभयो । थापाका अनुसार धादिङकै ज्वालामुखी वडा नं १ का प्रसाद दुवाडीलाई नगद रु ४० हजार आर्थिक सहयोग गरेको समेत बताउनुभयो । ग्रुपले प्रत्येक महिना देशभरका कुनै न कुनै स्थानमा डेढ वर्ष यता सहयोग गर्दै आईरहेको छ । उनीहरुले आफु सक्दो रकम ग्रुप भित्र मात्रै संकलन गरेर समाजमा सहयोग गर्दै आईरहेको सदस्य निशान भट्टले बताउनुभयो । विदेशमा रहेर पनि आफनो देशमा आर्थिक अभावका कारण दुख पाईरहेकाहरुलाई सेवा गर्नु आफुहरुको दायित्व रहेको उहाँको भनाई छ । यस्ता अभियानले धेरैलाई राहत त प्राप्त भएको छ नै प्रेरणा र हौसला पनि मिल्ने ग्रुपले विश्वास लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *