बागलुङका ४७ वडामा कोरोनाको उच्च संक्रमण

आदर्श अनलाइन, बागलुङ
जिल्लामा कोरोना संक्रमणको दर लामो समयदेखि एक हजार हाराहारीमा छ । यो दुई हप्ता देखि संक्रमण पुष्टि हुने र निको हुने संख्याको आधारमा अहिले संक्रमण एक हजार हाराहारीमा छ ।

जिल्लाको ८५ वडामा कोरोनाको उच्च जोखिममा ४७ वडा रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । स्वास्थ्य कार्यालय बागलुङले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा अझै कोरोना संक्रमण उच्च रहेको बताएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका मध्ये सबै भन्दा बढी जोखिममा बागलुङ नगरपालिका र सबैभन्दा कम जोखिम भएको निसीखोला गाउँपालिका रहेको छ ।

स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार बागलुङमा अझै कोरोनाको जोखिम कायमै रहेको बताउनुभयो । उहाँले जोखिमका आधारमा पालिकाका वडालाई छुट्याउँदा ४७ वडा उच्च जोखिममा २५ वडा मध्यम र १३ वडामा संक्रमण शुन्य देखिएको छ ।

बागलुङ नगरपालिकाका १४ वडा मध्ये १३ वटा वडा उच्च जोखिममा र एक वडा (रायडाँडा) मध्यम जोखिममा छ । नगरपालिकामा जिल्लामै सबैभन्दा बढी ३ सय ८६ जना सक्रिय संक्रमित छन् । गलकोट नगरपालिकाको ११ वडा मध्ये १० वटा वडा उच्च जोखिममा र एक वटा वडा (वडा नम्बर १०) शुन्य जोखिममा रहेको पाइएको छ । गलकोटमा हाल २ सय ६४ सक्रिय संक्रमित छन् । जैमिनी नगरपालिकाका १० वटा वडा मध्ये ६ वटा वडाहरु वडा नम्बर १,२,५,६,७ र ८ उच्च जोखिममा तीन वटा वडाहरु वडा नम्बर ३,९ र १० वडा मध्ये र एक वटा वडा (वडा नम्बर ४) मा संक्रमण जोखिम देखिएको छैन । जैमिनीमा हाल १७४ सक्रिय संक्रमित छन् ।

काठेखोला गाउँपालिकाको ८ वटा वडा मध्ये छ वटा वडाहरु वडा नम्बर १,३,४,५,७ र ८ उच्च जोखिममा र २ वटा वडा वडा नम्बर २ र ६ मध्यम जोखिममा रहेको पाइएको छ । काठेखोलामा १ सय ६४ संक्रिय संक्रमित छन् । जिल्लाको बडिगाड गाउँपालिकाका १० वटा वडा मध्ये चार वटा वडा वडा नम्बर १,२,४ र ५ उच्च जोखिममा, तीन वटा वडा नम्बरहरु ३,७ र ८ मध्यम जोखिममा र तीन वटा वडा नम्बरहरु ६,९ र १० मा शुन्य संक्रमण छ ।

जिल्लाको तमानखोलाको ६ वटा वडा मध्ये दुई वडा २ र ३ मा उच्च जोखिममा र वडा नम्बर १ मध्यम र तीन वटा वडाहरु ४, ५ र ६ मा शुन्य संक्रमण देखिएको छ । जिल्लाको ढोरपाटन नगरपालिकाको ९ वटा वडा मध्ये चार वडाहरु १,३,४ र ५ उच्च जोखिममा, तीन वटा वडाहरु २,६ र ७ मा मध्यम तथा दुई वटा वडाहरु ८ र ९ मा शून्य जोखिममा रहेको पाइएको छ भने बरेङ गाउँपालिका–१ मा एकै वडामा ४३ जना संक्रिय संक्रमित छन् । बरेङको वडा नम्बर २, ३ र ४ वडामा मध्यम जोखिम र ५ नम्बर वडा शुन्य संक्रमण छ ।

ताराखोला गाउँपालिकाको वडा नम्बर १ मा २० जना सक्रिय संक्रमित छन् । गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा मध्यम जोखिम र वडा नम्बर ४ शुन्य संक्रमण रहेको पाइएकोे छ । निसीखोला गाउँपालिकामा जिल्लाका सबै पालिकाहरुमा भन्दा कम संक्रमित छन् । यहाँ कुनै पनि वडा कोरोनाको उच्च जोखिममा छैनन् । ७ वटा वडा रहेको गाउँपालिकामा २, ३,४,५,६ र ७ नम्बर वडा मध्यम जोखिममा र वडा नम्बर १ मा कोरोनाको जोखिम शुन्य छ । यस पालिकामा अहिले जम्मा २५ जना संक्रिय संक्रमित छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *