निषेधाज्ञामा बागलुङ बजारका व्यापारीद्वारा फलफूलको मनपरी मूल्य


आदर्श अनलाइन, बागलुङ

बागलुङका बजारका ठुला फलफूल तथा तरकारी (होलसेल) पसलले मनपरी ढंगले फलफूल तथा तरकारीको मूल्य लिने गरेको पाइएको छ ।

जिल्ला अनुगमन टोलीले बुधबार गरेको बजार अनुगमनको क्रममा होलसेल पसल नै खरिद मूल्य भन्दा न्युनतम ३५ देखि ५० प्रतिशतसम्म बढी मूल्य लिएर विक्री गरेको पाइएको हो ।

नियम अनुसार खरिद मुल्यको करिव २० प्रतिशत बढी मुल्य लिएर विक्री गर्नुपर्ने व्यवस्था छ । निषेधाज्ञाको समयमा ढुवानी र उपलब्धताको बहाना बनाएर होलसेलर नै अधिकम मुल्य लिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गुमादेवी शर्माले जानकारी दिनुभयो ।

बजार क्षेत्रका सात वटा ठूला पसलमा भएको अनुगमनको क्रममा सबै पसलले निर्धारण गरेको मुल्य भन्दा बढी प्रतिशतमा विक्री गरेको, अधिकांसले विक्री विलको नदिएको, मुल्य सुची नराखेको जस्ता त्रुटी भेटिएको थियो ।

कोरोना महामारीको कठिन अवस्था मनपरी ढंगले मुल्य निर्धारण गरी उपभोक्ता ठग्ने काम भेटिएको हुँदा आवश्यक काम कारवाहीको लागि जिल्ला प्रशासनलाई आग्रहसहित प्रतिवेदन पेस गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

धम्जा तरकारी तथा फलफूल पसलमा अनुगनको गर्दा केराको खरिद मूलय र विक्री मुल्यको फरक ५० प्रतिशत र आँपको खरिद र विक्री मुल्यको फरक ३५ प्रतिशत भेटिएको थियो । होलसेल पसल बागलुङ फलफूल तथा तरकारी सप्लायर्स घरेलु कार्यालयमा दर्ता विना सञ्चालन भएको पाईएको थियो ।

अनुगमन गरिएका सबै फलफूल तथा तरकारी पसलमा मुल्य सुची नराखेको हुँँदा तत्काल मुल्य सुची सबैले देख्ने ठाउँमा राख्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा तेजराज गौतमले बताउनुभयो । नियम अनुृसार साईन बोर्र्ड, मुल्य सुची राख्नुका साथै १५ दिन भित्र पसल दर्ता गर्न निर्देशन दिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *