केसी दाम्पतीले दिए जलजला गाउँपालिकालाई साढे दुई लाखको स्वास्थ्य सामग्री

आदर्श अनलाइन, बागलुङ
पर्वतको जलजला गाउँपालिकालाई एक दम्पतीले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जलजला गाउँपालिका वडा नम्बर ८ घर भई हाल नागर्जुन नगरपालिका १ काठमाडौमा बस्दै आउनुभएका ज्ञानबहादुर केसी र उहाँकी श्रीमती टिका कुमारी केसीले २ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गर्नु भएको हो ।

उहाँहरुले महामारीका रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गर्नु भएको हो । प्राप्त भएको सामग्री जलजला गाउँपालिका वडा नम्बर ८ को स्वास्थ चौकीलाई हस्तान्तरण गरिएको छ ।

उक्त सामग्री सोम जिसीले वडा अध्यक्ष हरि विकास जिसी र स्वास्थ संस्थाका इन्चार्ज राम प्रसाद चापागाईलाई हस्तान्तरण गर्नुभएको थियो । केसी दाम्पतीले सर्जिकल माक्स १० हजार प्रति, केएन नाइन्टी फाइभ माक्स एक हजार प्रति, ग्लोब्स एक हजार थान, पिपिइ, अस्सिमिटर, डिजिटल थर्मोमिटर लगाएतका सामग्री सहयोग गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *