मनाङेसहित विपक्षी गठबन्धनद्धारा बहुमत सांसद सहित मुख्यमन्त्रीमा दावी पेश

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए ।

उनले आफूहरु सशरीर आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरे । ‘यहाँ सशरीर उपस्थित हुनु भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ लगायतलाई सनाखत गरियोस् भनेका छौं । हामी त्यसैको प्रतीक्षामा छौं’ सांसद पोखरेलले प्रदेश प्रमुख समक्ष भने ।

प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताएकी छन् ।

मुख्यमन्त्रीमा दावी पेश गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस सांसद नेपालीले प्रदेश प्रमुखलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए । ‘आज हामी ४ दल सहित ३१ जना सांसद सशरीर प्रदेश प्रमुखकोमा उपस्थित भयौं । उहाँलाई हामीले गएर निवेदन दिएका छौं’ उनले भने, ‘अहिलेको समयको चापले गर्दाखेरि चाँडै नै निर्णय होस् भनेर अनुरोध गर्‍यौं । उहाँले भोलिसम्म हेरेर तपाईंहरुलाई बोलाउँछु भन्नुभयो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *