पक्राउ परेका शिक्षकलाई बिना सर्त रिहाइको माग

आदर्श अनलाइन, बागलुङ
एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले पक्राउ परेका संगठनका पूर्व जिल्ला सदस्य रामेन्द्र खड्काको रिहाइको माग गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष जीतबहादुर थापार र सचिव वीरबहादुर चोखालद्वारा हस्तारित विज्ञप्ति जारी गर्दै राजनीतिक आस्थाको आधारमा पक्राउ गरिएका शिक्षक खड्काको बिना सर्त रिहाइको माग गरिएको छ ।

‘जिल्ला प्रशासन कार्यालय बागलुङबाट खटिएका प्रहरीले साइवर अपराधको नाममा बिना प्रक्राउ पूर्जी गिरप्तार गरी काठमाडौ पठाइएको र राजनीतिक आस्थाका आधारमा झुट्टा मुद्दा लगाई फसाउन खोजिएको घटनाप्रति एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको गम्भीर ध्यान आकर्षित भएको उल्लेख गरिएको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

लोकतान्त्रिक राज्यमा नागरिकहरु विभिन्न पेशा, व्यवसायमा आवद्ध हुने, विचारको अभिव्यक्ति दिने, संगठित हुने नैसर्गिक अधिकार भएको विज्ञप्तीमा उल्लेख छ । लोकतन्त्रमा विचारका आधारमा प्रतिशोध राख्ने, झुट्टा आरोप लगाएर मुद्दा लगाउने, आस्था परिवर्तनका लागि डर, धाक धम्की देखाउनु शोभनीय नभएको संगठनले जनाएको छ ।

पक्राउ परेका खड्का भैण्डाडा आधारभूत विद्यालय सिगानाका प्रधानाध्यापक हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यावेदी भण्डारीको आपत्तिजनक तस्विर बनाएर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *