जनमाेर्चा र जसपाकाे समर्थन पत्रसहित मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङकाे पनि दाबी

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीकाे समर्थनकाे पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

गुरुङले जनमाेर्चाकाे कृष्ण थापाकाे पत्र र जसपा प्रदेश कमिटीकाे पत्रसहित दावी गरेकेा बुझिएकाे छ । २७ गते विश्वासकाे मत प्राप्त गर्न नसकेका गुरुङले अहिले फेरि दाबी गरेका छन् । उनकाे दाबीलाई आश्चर्यजनक रुपमा हेरिएकाे छ ।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नाे पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीकाे दाबी गरिसकेकाे अवस्थामा पृथ्बीसुब्बा गुरुङले फेरि दाबी गरेपछि गण्डकीकाे सत्ता स्वार्थमा नयाँ ट्विस्ट भएकाे छ । समाधान न्यूजबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *