नवनियुक्त मुख्यमन्त्री पोखरेलको पहिलो निर्णय, स्तन तथा पाठेघर क्यान्सरका बिरामीको उपचार निःशुल्क

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्तन तथा पाठेघर क्यान्सरका बिरामीको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् । शपथ तथा पदभार ग्रहणपछि मुख्यमन्त्री पोखरेलले स्तन तथा पाठेघरका क्यान्सरका बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन् । 

यस्तै विपद् व्यवस्थापनका लागि विज्ञसहितको टोली बनाउने निर्णय पनि गरेको छ । मुख्यमन्त्री पोखरेलसँगै कांग्रेसका कुमार खड्का, माओवादीकी मधु अधिकारी, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले एक साथ प्रदेश प्रमुख सीतादेवी पौडेलबाट शपथ लिएका हुन् । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *