धौलागिरी आयुर्वेद औषधालयले ‘विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम’ संचालन गर्दै

आदर्श अनलाइन, बागलुङ
धौलागिरी आयुर्वेद औषधालय बागलुङले जिल्लाका विद्यार्थी तथा शिक्षकहरुका लागि विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ । यस कार्यक्रम मार्फत विद्यार्थीलाई दैनिक स्वास्थ्य शिक्षा तथा योग सिकाउने छ ।

औषधालयले आगमी असार १ गतेदेखि जिल्लामा कक्षा ५ भन्दामाथि अध्ययन गर्ने विद्यार्थीहरुका लागि दैनिक स्वास्थ्य सम्बन्धि क्रियाकलापका विषयमा र योग सिकाउने औषधालयका प्रमुख डाक्टर सरोज कुमार रायले जानकारी दिनुभयो ।

उहाँले ‘समृद्ध नेपालको लागि स्वास्थ तन, मनयुक्त प्रतिभा निर्माण’ भन्ने नाराका साथ विद्यार्थीहरुलाई जुम मार्फत दैनिक स्वास्थ्य सम्बन्धि शिक्षा दिइने रायले बताउनुभयो । कोभिडा–१९ का कारण विद्यार्थीहरुलाई नकरात्म असर पुगेको भन्दै उनीहरुलाई शारिरीक तथा मानिसक रुपमा स्वास्थ रहने वातवरण सिर्जना गर्नुका सार्थै दैनिक चुस्त दुरुस्त र सक्रिय राख्नका लागि विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम संचालन गर्न लागिएको बताउनुभयो ।

विद्यार्थीका लागि औषधालयले जुम आइडी प्रदान गर्ने र सोही अनुसार जुममा जोडिएर कार्यक्रममा सहभागि हुन सकिने उहाँको भनाई छ । विद्यार्थीहरुले zoom id: 7476598996  Passcode: Ayurveda मार्फत हरेक दिन विहान साढे ५ बजेदेखि ४८ मिनेट योग गर्नुका साथै स्वास्थ्य शिक्षा लिन सक्ने रायले बताउनुभयो ।

औषधालयले कुश्मिसेराको हिमालयन आवासीय मावि र बेलबगरको संस्कृत माविमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम संचालन गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *