पोखराका दिवंगत ढकालको परिवारलाई बागलुङका सहकारीको राहत सहयोग

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी बैंकमा कार्यरत ङ प्रसाद ढकालको असामयिक निधन प्रति दुःख व्यक्त गर्दै बागलुङका सहकारीकर्मीले राहत सहयोग प्रदान गरेका छन् ।

सहकारी बैंकको बागलुङ शाखामा समेत करिब दुई वर्ष कार्यरत रहनुभएका ढकालका परिवारलाई मुख्य व्यक्ति गुमाउँदाको बज्रपात परेको अवस्थामा आंशिक भए पनि राहतका लागि जिल्लाका सहकारी संघ संस्था मिलेर सहयोग प्रदान गरिएको हो ।

राहत स्वरुप ४६ हजार २ सय २० रुपैयाँ राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीलाई हस्तान्तरण गरिएको आदशं सञ्चार सहकारी संस्थाका प्रबन्धक दिपक सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय बागलुङको तर्फबाट १५ हजार ६ सय, इमेज बचत तथा ऋण सहकारी संस्थाबाट ९ हजार, आदर्श सञ्चार सहकारी संस्थाबाट ८ हजार ८०, एकता सहकारी संस्थाबाट ५ हजार ४०, प्रगति बहुउद्देश्यिय सहकारी संस्थाबाट ३५ सय, साझा चौतारी युवा अद्यमशिल सहकारी संस्थाबाट ३ हजार र यातायात सहकारी संस्थाबाट २ हजार सहयोग प्रदान गरिएको छ ।

स्वतःस्फुर्त सहयोगका लागि आग्रह गरिएकोमा ७ वटा सहकारी संस्थाबाट संकलित रकम ४६ हजार २ सय २० रुपैयाँ पहिलो चरणमा स्तान्तरण गरिएको प्रबन्धक सापकोटाको भनाई छ। ढकालको यही जेष्ठ २५ गते ४५ वर्षको उमेरमा निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *