लकडाउनकै बिच आयो लोकप्रिय गायक बिष्णु खत्रीको सालैजो गीत

आदर्श अनलाइन, बागलुङ

लोकप्रिय गायक बिष्णु खत्रीले कोरोना भयावह र लकडाउनकै बिच नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

खत्रीको मौलिक सालैजो ‘सँगैका साथी’ सोमबार साँझ आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

विषम परिस्थिति भए पनि नेपाली मौलिक कला संस्कृतिको जगेर्ना, संरक्षण र सम्वद्र्धन गर्ने क्रममा नयाँ मौलिक गीत ल्याएको गायक खत्रीले आदर्श अनलाइनलाई बताए । आफ्नै जन्म गाउँ गलकोटको नाँच्नेडाँडा लगायतमा छायांकन गरिएको गीत र म्युजिक भिडियोेले यसअघिका गीतले जस्तै श्रोता दर्शकको माया पाउने उनले विश्वास व्यक्त गरे ।

आफ्नै शब्द, संगीतमा रहेको गीतमा चर्चित गायिका जुना श्रीसले स्वरमा साथ दिएकी छिन् । होम गुरुङले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा लोमश शर्मा, रुबिना अधिकारी र सारिका केसीको नाँच र अभिनय छ ।

लामो समयदेखि गीत संगीतमा समर्पित खत्रीको भरिया दाइ, किसानी दाइ, त्यहाँ हुन्छ गणतन्त्र, जम्मु काश्मिरमा लगायत दर्जनौ गीत आम जनमानसमा सर्वाधिक लोकप्रिय छ । गीतको भिडियो लिंक तल छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *