मनाङमा भीषण वर्षा : बेलिब्रिज र विद्युत्‌गृह बगायो, गाउँ डुबानमा

आदर्श अनलाइन, मनाङ
लगातारको वर्षापछि आएको बाढीले मनाङमा बेलिब्रिज र विद्युत्‌गृह बगाएको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको हो ।

त्यस्तै नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो ।

त्यस्तै सदरमुकाम चामेको ४ वटा घरमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *