कृषिता अधिकारी ( निशा)
साच्चै नै प्रेम जहाँ मन, भावना भित्रि हृदयबाट उत्पन्न हुन्छ । प्रेम शब्द एक अर्थ अनेक छ । जो बिना मानव जीवनको परिकल्पना असम्भव प्रायः छ । यसले अनेक किसिमले अभिव्यक्त गर्न सकिन्छ । यसको महत्वका बारेमा गुणगान गाउन सकिन्छ । प्रेमका परिभाषा फरक–फरक तरिकाले गर्न सकिन्छ । कसैले प्रेमलाई जीवन अनुभवको संज्ञा दिन्छन् त कसैले आकर्षण वा अनमोल, जसमा स्वच्छ निस्वार्थ अनि निश्चलताको आभाष हुन्छ । जहाँ कुनै छलकपट या भनौ मिथ्या परिकल्पना पीडादायक हुन्छ । वास्तवमा भन्ने हो भने प्रेम जिवन्त हुन्छ । प्रेम पवित्र शब्द हो । अनि यी शब्द शब्दको गहिराईमा डुबुल्की मार्न मन लाग्यो, छुट्टै रुपले व्याख्या र विश्लेषण गर्न मन लाग्यो ।
यसको अनुभव, अध्ययन, अनुसन्धानका थुप्रै पाटा छन् । कसैलाई यही शब्द प्यारो लाग्छ त कसैलाई यहि शब्दले नै मन बिझाउने गर्छ । हुन त मानिसका आ–आफ्नै स्वभाव हुन्छन् । कोही प्रेममा आदर्शवादी बन्छन् कोही क्षणिक र भावुक बन्छन् । सबै सबैका फरक विचार र फरक धारण हुन सक्छन् ।
साच्चै नै गहिरो चिन्तन मननले नै मानिसलाई महान अनि विद्धान बनाउँछ । प्रेम शब्दले साथ सहयोगको आभाष दिलाउछ । लाग्छ प्रेम नै यस्तो शब्द हो, जसले मानिसलाई जिउन सिकाउँछ असल मानिस बनाउँछ र त्यही प्रेमले मानिसलाई विवेकहीन र चेतना विहिन पनि बनाउँछ ।
प्रेम हृदय देखि प्रकट हुन्छ । साँच्चै नै प्रेम एक सम्झौता होइन । प्रेम कुनै प्रतिबन्ध, बन्धन पनि होइन । तर, प्रेम एक प्रवाह हो । जुन हृदयबाट बगिरहन्छ र कहिल्यै अन्त्य हँुदैन । केवल युगौ युग बाँचिरहन्छ । भनिन्छ नि जसरी हामीले हावामा उडिरहेको फूलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै हो प्रेम पनि, हामीले न त देख्न सक्छौ, न त स्पर्श गर्न नै । तर, यसको आम रुपमा गजबले अनुभुत महुशुस गर्न सक्छौ । प्रेम प्राप्ति मात्रै होइन र हुँदैन पनि । कसैलाई प्राप्त गर्नुलाई मात्रै प्रेम भन्दैन । प्रेम निस्वार्थ हुन्छ, त्याग गर्नु पनि प्रेम हो, कसैमा समर्पित हुनु पनि प्रेम हो । जसरि आमाको माया आफ्ना सन्तान प्रति निस्वार्थ छ, आफू एक गाँस खाएर दुःख कष्टले सन्तान हुर्काउछन् सम्पूर्ण जीवन आफ्नो सन्तानको लागि समर्पित गर्छन्, त्यो नै वास्तविक प्रेम हो । तर, विस्तारै विस्तारै प्रेमको परिभाषा, माया ममता आदर सत्कार मौलाउदै गएको पाइन्छ । समयको परिवर्तन संगसंगै प्रेमको मूल्य र महत्व पनि हराउँदै गएको प्रतित हुन्छ । साँच्चै नै आजभोलि हाम्रो समाजमा फरक खालको पात्र र प्रवृत्तिहरु देख्न सकिन्छ ।
प्रेमको परिभाषा र प्रेमको अर्थ नै महत्व नै बुझ्न छाडिसकेको जस्तो देखिन्छ । प्रेम कुनै पैसामा किन्ने सामान होइन, न त प्रेम शारीरिक मोह मात्र हो । प्रेम विश्वास हो, प्रेम सम्मान हो, पुजा हो, प्रेम सुन्दर प्रकृति हो । जुन अनन्त सम्म रहिरहन्छ, मान्छेको शरीर मरेर जान्छ तर प्रेम कदापि मर्दैन । साच्चै नै प्रेमको स्वरुप जब बच्चा आफ्नो आमाको गर्भबाट बाहिर आउँछ नि उसको लागि प्रेमको पहिलो अर्थ आमा हो । आमाबाट नै बच्चाले निश्चल बोली सुरु गर्छ, प्रेम प्राप्त गर्छ र विस्तारै प्रेमको फक्रदै जान्छ । बालक परिवर्तन हुन्छ, जवान हुन्छ तर एउटा आमाले गर्ने निस्वार्थ प्रेम भने उस्तै हुन्छ । त्यसैले त आमा जीवनभर आफ्नो बच्चाको लागि आफ्ना रहर त्यागि दिन्छिन् होइन र ?
जहाँ अधिकार, सम्मान र सुरक्षा अनि आधार बुबाको रहेको हुन्छ । जहाँ आफ्नो सन्तानले बुबालाई माया गर्छ । तर बुझ्दछ कि उसले उसको आज्ञा पालन गर्नुपर्छ । किनकि ऊ त्यस्तो व्यक्ति हो, जसले उसलाई शिक्षा र सुरक्षा दिन्छ । उसका इच्छा, चाहाना पुरा गर्छ । जब विस्तारै बच्चा हुर्कन थाल्यो समय संगै परिवर्तन भयो । आफ्ना आमा बाबा प्रति उसको माया बदलिन थाल्यो । कारण हाम्रा इच्छा आकांक्षा पूरा नहुँदा हामीलाई बाबा आमाले प्रेम नै गर्नुहुन्न, यदि गरेको भए मेरो खुसी चाहाना पूरा गर्थे होला । साँच्चै हामी छोराछोरी कति स्वार्थी छौ है ? जसले हामीलाई दुःख कष्ट सहेर हाम्रो लागि आफ्ना सारा खुसी, रहर मारेर हुर्काउनु भयो, उनीहरुलाई नै बुढेसकालमा कुनै मान सम्मान र महत्व दिँदैनौ ? त्यो प्रेममा खोट देख्छौ तर हामी प्रेमलाई प्राप्ति ठान्छौ । यो सब भ्रम हो । हाम्रो मष्तिकमा उव्जिने नकारात्मक धारणा हो ।
वास्तवमा प्रेमले हामीलाई वरिपरिको सबै चिजको अन्तिम अर्थ दिन्छ, यो सामान्य अनुभूति होइन । यो सत्य हो, सारा सृष्टिको उत्पत्तिमा नै एक प्रकारको आनन्द मिल्छ । जसरि श्री कृष्ण र राधाको प्रेम युगौयुग सम्म रहन्छ, हो त्यस्तो प्रेम तर समयको कालचक्र संगै मानिसका धारणा परिवर्तन भए, आज भोलि त प्रेमको कुनै अर्थ नै छैन । किनकि प्रेम केवल क्षणिक आकर्षण बनेको छ । कुनै मानिस राम्रो देख्यो माया कसै प्रति प्रेम सद्भावको माया प्रकट ग¥र्याे, त्यो मायाको बुझाई नै फरक । आफ्ना आमा बाबा, दाजुभाई दिदी बहिनीसंग गर्ने प्रेमको महत्वप फरक छ । बिडम्बना आज बृद्ध आमा बाबा आश्रम पुग्छन् । दाजुभाइ दिदिबहिनीको प्रेम पनि पातलिदै गएको छ, धन सम्पत्तिलाई प्रेममा दाँज्ने गरिन्छ, संगै जिउने संगै मर्ने कसम खाएका हजारौं मायालु जोडीहरु छुट्टिन्छन्, मारिन्छन् र बेचिन्छन् पनि । यो कस्तो माया अनि प्रेम जहाँ सम्झौता गरिन्छ, जहाँ सहकार्य गरिन्छ । अचम्म लाग्दो भइसक्यो दुनियाँ आज मानिसहरु पनि स्वार्थी भइसके, त्यसैले त मायाको अर्थ गुम्यो पैसा ऐश आराम सुख शारीरिक मोह यी सबै कुराहरुलाई माया प्रेम संग तुलना गरिन्छ । तर प्रेमलाई यी सबै चिज संग दाज्न मिल्दैन किनकि प्रेम त यस्तो होस् जुन लैला मजुन, रोमिया जुलेट, मुना मदनको जस्तो, जसमा साँचो प्रेम भनेको एकले अर्कोलाई महुशुस गर्ने स्नेह र साँचो प्रतिबद्धताको भावना हो । बिना शर्त प्रेम जसमा पूर्ण रूपमा समर्पण गर्दछ ।
तसर्थ, प्रेम मन, आदर्श र नैतिक भावना सँग सम्बन्धित छ । किनकि यसले हामीलाई हाम्रो जीवनमा र हामीले प्रेम गर्ने मानिसहरूसँग मानवको र त्यो भन्दा उच्चतम व्यवहार गर्न प्रेरित गर्छ । जो मनबाट हृदय , प्रेम फरक विचार संलग्न छन् । त्यो नै दया, भावना र स्नेह प्रस्तुत गर्ने माध्यमको रूपमा मान्न सकिन्छ किनकि प्रेम गर्छु भनेर मात्र हुँदैन । भित्री हृदयबाट आफै हुने गर्छ, त्यसैले त प्रेम अनमोल छ, अनन्त छ, अमर छ ।