गण्डकी सहित तीन प्रदेशमा अझै केही दिन भारी वर्षाको सम्भावना

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आदर्श अनलाइन, पोखरा

चार दिन यता सक्रिय रहेको मनसुनका कारण लगातार भारी वर्षा भइरहेको छ ।

वर्षासँगै आएको बाढीले बिभिन्न स्थानमा बस्ती बगाएको छ भने बजारहरु डुबानमा परेको छ ।

मौमस पूर्वानुमान महाशाखाले गरेको मापन अनुसार गण्डकी प्रदेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा अझै एक, दुई दिन भारी वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् मन्जु वासीले बताउनुभयो ।

महशाखाको मंगलबार जारी विशेष बुलेटिन अनुसार तीन प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षा हुनेछ । देशका अरू भू-भागमा पनि पानी पर्ने क्रम भने जारी रहने भएकाले बाढी पहिरोको जोखिम भएका बस्ती र नदी छेउका मानिसहरूले सचेतता अपनाउन जरूरी भएको वासीको भनाई छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार २ गते बुधबार
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

२०७८ असार ३ गते बिहीबार

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, प्रदेश न।१ र वागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

२०७८ असार ४  गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *