बाढी पहिरोको कारण बागलुङ सदरमुकाम आउने खानेपानी अबरुद्ध


–आदर्श अनलाइन, बागलुङ

अविरल बर्षाको कारण बजार क्षेत्रभित्र ल्याएको खानेपानीको पाईप बाढिपहिरोले क्षेती पु¥याएको छ । बागलुङ बजारमा रेश खोला मुहान, भुदी खोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याईएको पानीको पाईप बिभिन्न स्थानमा बाढिपहिरोले क्षेती पु¥याएको हो । पहिरोले पाईप बगाउदा बजार क्षेत्र भित्र पिउने पानी आपुर्ति हुन सकेको छैन ।

तीन वटै मुहानमा बाढिले क्षेति पु¥याएको र अन्य स्थानमा पहिरोले पाईप बगाएपछि नियमित पानी संचालन हुन नसकेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो । पहिरोकै कारण बागलुङ नगरपालिका वडा न ३ सुल्डॉडामा रहेको पानीको टंकी देखि तलको भाग समेत बगाएको हुदा टंकी समेत थप जोखिममा परेको उहाँले बताउनुभयो । बिभिन्न स्थानमा क्षती धेरै भएकोले मर्मत कार्य गर्न केही दिन लाग्ने संस्थाले जनाएको छ । बर्षा नरोकिएको कारण काम गर्न भने समस्या भईरहेको र बजार क्षेत्र भित्र सहज रुपमा पिउने पानी आउने केही दिन लाग्ने संस्थाले जनाएको छ ।

बागलुङ बजार क्षेत्र भित्र रिठेखोला मुहान,रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनको लागि पानी ल्याईएको छ । अहिले रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड,रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *