तीन जिल्लामा ३८ थान अक्सिजन कन्सनट्रेटर सहयोग

आदर्श अनलाइन, बागलुङ
कोरोना संकटसंग रहेको समयमा धौलागिरीको तीन जिल्लामा ३८ थान अक्सिजन कन्सनट्रेटर थपिएका छन् । यस्तै बागलुङमा ठूलो परिणाममा स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ ।

कांग्रेसमा आवद्ध युवा नेताहरुको पहलमा बागलुङ जिल्लाका ६ पालिका भित्रका अस्पताल, आइसोलेसन, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकी गरी ४० स्वास्थ्य संस्थालाई रु. ३० लाख बराबरको १४ थान अक्सिजन कन्सनट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको हो भने छिमेकी जिल्ला पर्वत र म्याग्दीमा १२÷१२ थान अक्सिजन कन्सनट्रेटर सहयोग हतन्तरण गरिएको हो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लिराम सुवेदी र पूर्व स्वास्थ्य मन्त्री गगन थापाका तत्कालिन प्रमुख सल्लाहकार प्रताप पौडेललको समन्वयमा नेपाल चिकित्सक संघ मार्फत बागलुङमा उक्त स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको हो ।

कोरोना महामारीको संक्रमण तिब्र रुपमा फैलिएको बागलुङमा अक्सिजन कन्सनट्रेटर सहित विभिन्न स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थालाई सहयोग हस्तान्तरण गरिएको हो । जिल्लामा स्वास्थ्य कार्यालयले उपलव्ध गराएको स्वास्थ्य सामाग्रीको आवश्यकताका आधारमा तरुणदल बागलुङको संयोजनमा उक्त सामाग्री वितरण भइरहेको छ । उक्त स्वास्थ्य सामाग्री मध्ये पत्रकारहरुलाई एक हजार पीस माक्स, २० थान सहित पाँच लिटर स्यानिटाइजर, ४० थान एन नाइटीफाइव माक्स, दुईथान अक्सिमिटर, एक दर्जन साबुन तथा १० थान थर्मोमिटर समेत हस्तान्तरण गरिएको छ ।

बागलुङ जिल्लाका ४० स्वास्थ्य संस्थालाई १४ वटा अक्सिजन कन्सनट्रेटर, ३५० थान अक्सिमिटर, ५०० थर्मोमिटर, ३५० पिपिई, १५ हजार माक्स, तीन हजार ५०० एन नाइन्टीफाइब माक्स, १५ हजार सिटामोल वितरण गरिएको समन्वय कर्ता नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लिराम सुवेदीले बताउनुभयो ।

“चिकित्सक संघ तथा डा. राजेश शर्मा र डा. बद्री रिजालको पहलमा प्राप्त अक्सिजन कन्सनट्रेटर सहितका स्वास्थ्य सामाग्री जिल्लाका ४० स्वास्थ्य संस्थामा वितरण आफै पुगेर वितरण गर्ने अभियान छ, केही वितरण भइसक्यो र केही स्थानमा वितरण कार्य भइरहेको छ” सुवेदीले भन्नुभयो “केही हामीहरुबाट समेत सहयोग उठाएर झण्डै ३० लाख बराबरको सहयोग सामाग्री वितरण गर्न बागलुङ आएका हौं, जिल्लाको ६ पालिकाका प्रत्येक स्वास्थ्य स्वयंसेवीका संग एउटा अक्सिमिटर पु¥याउने अभियान समेत छ, त्यसो गर्दा गाउँमा अक्सिजनको मात्र परिक्षण गर्न स्वास्थ्य संस्था धाइरहन पर्दैन ।”

पाँच लिटर अक्सिजन क्षमताका १४ वटा अक्सिजन अक्सिजन कन्सनट्रेटर कुस्मिशेरा स्वास्थ्य केन्द्र, बागलुङ नगरपालिकाको आइसोलेसन, वुर्तिवाङ स्वास्थ्य केन्द्र, गलकोट स्वास्थ्य केन्द्र, बरेङ गाउँपालिकाको कोरोना अस्पताल, बलेवा स्वास्थ्यचौकी तथा तत्काल आवश्यक देखिएको स्थानमा प्रदान गरिएको र अन्य स्वास्थ्य संस्थामा स्वास्थ्य संस्थाको आवश्यकताका आधारमा पिपिई, फेस सिल्ड, सिटामोल लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको अभियानकर्मी तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *