बाढीले क्षतीग्रस्त काठेखोलाको पुल सञ्चालनको तयारी


–आदर्श अनलाइन, बागलुङ
अबिरल बर्षाका कारण काठेखोला माथीबाट आएको ठुलो चट्टानले क्षतिग्रस्त कालीगण्डकी करिडोर अन्र्तगतको काठेखोला पुलको अस्थायी रुपमा सञ्चालनको तयारी थालिएको छ ।
केहि दिन यता परिरहेको अबिरल बर्साका कारण असार १ गते रातीको समयमा काठेखोला माथीबाट आएको चट्टानले खोला थुनेपछि पुलमा क्षती पु¥याएको छ ।

पुलको एक तर्फका भाग नहुदा जिल्लाको दक्षिण भेग सडक सम्पर्क बिहिन बनेको छ । बागलुङ नगरपालिका–१२,१३,१४ जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका अत्यावश्यक सेवाका सवारी साधन पनि आवतजावत गर्न समस्या परेको छ ।

डिभिजन सडक कार्यालय बागलुङका अनुसार अस्थायी रुपमा पुलको मर्मत गर्ने काम सुरु भएको छ । डिभिजन सडक कार्यालय बागलुङका ईन्जियिर सुरेन्द्र गौतमका अनुसार पहिरोका कारण भत्किएको काठेखोलाको पुल अस्थायी रुपमा निर्माण गरेर यातायात सेवा सुचारु गर्ने प्रयास भएको छ, सम्भवत शुक्रबार बिहान सम्म सञ्चालनमा आउने तयारी गरिएको छ ।

अस्थायी रुपमै भएपनि पुलको मर्मत थालिएको र यातयात शुर भइसकेपछि पुलको स्थायी मर्मत थालिने डिभिजन सडक कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *