सामुदायिक वन उपभोक्ता महासंघ बागलुङद्वारा स्थानीय तहलाई वनमैत्री बजेट ल्याउन माग


साधना पन्त, बागलुङ
सामुदायिक वन उपभोक्ता महासंघ बागलुङले बजेट निमार्णमा जुटेका बागलुङका स्थानीय तहलाई वन तथा वातावरणमैत्री बजेट ल्याउन माग गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापमको नेतृत्वमा बिहिबार बागलुङका १० वटै पालिकामा वन ऐनका २७ बँुदे सुझाब पेश गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापाले वन तथा वातावरण क्षेत्रलाई स्थानीय सरकारले उपेक्षा गर्दै आएकाले अहिले समयमै वन तथा वातावरणमैत्री बजेट ल्याउन र वन तथा वातावरण सम्बन्धी ऐन निर्माण गर्न ध्यानाकर्षण गरिएको बताउनुभयो । सामुदायिक वनको संरक्षणमा स्थानीय सरकार सकरात्मक नभएको हुनाले वन ऐन सहित २७ बुदे सुझाब पेश गरेको उहाँको भनाई छ ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले वन ऐनका २७ बँुदे सुझाब पत्र बुझ्दै आगामी योजनामा वन तथा वातावरणमैत्री योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामुदायिक वनको संरक्षण गर्नुपर्ने भन्दै बागलुङ नगरपालिका वन तथा वातारणको विषयमा सकारात्मक भएको बताउनुभयो ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा वन ऐनको २७ बँुदे सुझाब पालिकामै गई हस्तान्तरण गरेको र अन्य पालिकामा कोरोना महामारीका कारण मेल मार्फत पठाइएको टिएफ परियोजना काठेखोला गाउँपालिका संयोजक नवीन गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापा, स्थानीय महासंघ बागलुङका सचिव धनमाया शर्मा, टिएफ परियोजना काठेखोला गाउँपालिकाका संयोजक नवीन लगायतको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *