आदर्श सञ्चारद्वारा बरेङमा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको परिवारको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बरेङ गाउँपालिका वडा नम्बर ३ का शेयर सदस्य शेरबहादुर खनालकी आमा वसुन्धरा खनालको ११ औँ दिनको पुण्य तिथि पारेर बिहिबार श्रद्धाञ्जली सभा सहित मृतकका आफन्तलाई राहत रकम हस्तान्तरण गरेको हो ।

संस्थाका बेरङ गाउँपालिका समन्वय उपसमितिका संयोजक जयराम शर्मा, सचिव देवीदत्त शर्मा, सदस्यहरु गिरी बहादुर पुन, नरबहादुर पुन र गिरी प्रसाद पौडेलले सदस्यको परिवारको निधनमा प्रदान गरिने मृत्यु राहात स्वरुप रु ५ हजार रुपैयाँ स्वर्गीय खनालका आफन्ती विशनबहादुर खनाललाई हस्तान्तरण गरिएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले संस्थाको सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *