म्याग्दीका बिरामी पुरुषको मृत्यु, श्रीमतिद्धारा अस्पतालमै आत्महत्या

आदर्श अनलाइन, काठमाडौं

ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेको ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यले जानकारी दिनुभयो।

‘क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएकी रहिछन्’, एसपी बज्रचार्यले भन्नुभयो, ‘तर उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि अस्पतालकै बाथरुमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उहाँको शव शुक्रबार बिहान फेला परेको हो ।’ घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बज्रचार्यको भनाइ छ ।

ती पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो । अस्पतालका सीईओ डा। बच्चुकैलाश कैनीले श्रीमानको मृत्युको पीडा सहन नसकेर आत्महत्या गरेको हुन सक्ने बताउनुभयो । ‘बिहीबार राति करिब १ बजेतिर नर्सहरु राउन्डमा गएर उनको श्रीमानको अवस्थाबारे जानकारी लिएका रहेछन् । त्यसबेलासम्म उनी कुरुवा रुममै सुतिरहेकी थिइन्’ उहाँले भन्नुभयो ।

श्रीमानको राति नै मृत्यु भएको र त्यसपछि उहाँले आत्महत्या गरेको अस्पतालको भनाइ छ । शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *