बागलुङ बजारमा खानेपानीको हाहाकार

आदर्श अनलाइन, बागलुङ
सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घर बाहिर ल्याउन थालेको छ । अबिरल बर्षाको कारण बजार क्षेत्रभित्र ल्याएको खानेपानीको पाईप बाढिपहिरोले क्षेती पु¥याएपछि पाँच दिन यता बागलुङ बजारमा खानेपानी आपूर्ती हुन सकेको छैन ।

बागलुङ नगरखानेपानीले आवश्यकता भन्दा कम खानेपानीको आपूर्ती गर्दै आएको बागलुङ बजारमा अहिले खानेपानीको हाहाकारनै भएको छ । अहिले खानेपानी आयोजनाको सदरमुकाम पानी ल्याउने पाइपको ठाउँ ठाउँमा क्षती पु¥याएको छ । खानेपानीको मर्मतमा प्राविधिक र बागलुङ नगरखानेपानी तथा उपभोक्त संस्थाका कर्मचारी खटिएपनि हाल सम्म पानी आपूर्ती हुन सकेको छैन । खानेपानीको अभावमा बागलुङ बजारका स्थानीय डोकोमा गाग्री, बोतल तथा जार बोकेर बजार पारीको तित्याङ, गैडाकोट तथा हाँडेपाखा धाउदै आएका छन् । खानेपानी आपूर्ती नहुँदा कोरोना कहरमा सरसफाईमा समेत समस्या भएको बजारवासीले गुनासो गर्दे आउनुभएको छ ।

पाँचदिनदेखि धारामा पानी नआउदा शौचालय जान समेत कठिन अवस्था आइसकेको बागलुङ बजारका स्थानीय हरी सुवेदीले जानकारी दिनुभयो । “पानी नआएको पाँच दिन भयो, ट्ङ्कीमा भएको पानी सकियो आकाशे पानीको प्रयोगले कती दिन चल्ला र” सुवेदीले भन्नुभयो “कोरोना महामारीले निषेधाज्ञा जारी गरेको समयमा खानेपानीको अभावले नागरिकलाई झनै सास्ती खेप्नु पर्ने अवस्था आएको छ ।”

बागलुङ बजारमा रेश खोला मुहान, भुदी खोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याईएको पानीको पाईप बिभिन्न स्थानमा बाढिपहिरोले क्षेती पु¥याएको छ । पहिरोले पाईप बगाउदा बजार क्षेत्र भित्र पिउने पानी आपुर्ति हुन सकेको छैन । निरन्तरको प्रयासका बाबजुत रेश खोलाको मसहानको खानेपानी शनिबार बेलुका सम्म बजार ल्याउने प्रयासमा रहेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।

“हामी पाँचदिनदेखि अहोरात्र पानी आपूर्तीका लागि खटिरहेका छौं, तर प्राविधि जनशक्ती कमी भएका कारण बाहिरबाट समेच एक दर्जन प्राविधिक ल्याएका छौं” शर्माले भन्नुभयो “पूर्ण रुपमा तीन वटै मुहानको पानी आउन त तीन चार दिन लाग्ला अहिले रेश मुहानको मात्रै भएपनि पानी ल्याउन सकेमा बजारवासीलाई केही सहज होला ।” शर्माको अनुसार पहिरोका कारण खानेपानीको पाइप एक दर्जन भन्दा बढी ठाउँमा क्षती पु¥याएको छ । बागलुङ नगरपालिका–३ गहतेमा गएको पहिरोले खानेपानी पाइप बगाएको, काठेखोला गाउँपालिका–७ रेशको जिरेदी, बतासेडाँडा लगायतमा पहिरोले खानेपानीको पाइप बगाएको छ ।

पहिरोकै कारण बागलुङ नगरपालिका वडा न ३ सुल्डॉडामा रहेको खानेपानीको रिजर्भ ट्याङ्की समेत जोखिममा परेको छ । बागलुङ बजार क्षेत्र भित्र रिठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनको लागि पानी ल्याईएको छ । अहिले रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड, रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ । बागलुङ जिल्ला सदरमुकाममा प्रतिसेकेण्ड ४० लिटर खानेपानी आपूर्ती गर्दै आएपनी माग भने प्रतिसेकेण्ड ६० लिटर छ ।

माग भन्दा कम आपूर्ती हुने खानेपानी पाँच दिनदेखि ठप्प हुँदा झनै समस्या भएको छ । अहिले बागलुङ बजारमा लिफ्ट मार्फत काठेखोलाको पानी ल्याउन आयोजना सञ्चालन भइरहेपनि प्राविधिक समस्या र आयोजना क्षेत्रमा आएको पहिरोले आयोजनाको काम समेत अगाढी बढ्न सकिरहेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *