बरेङको बजेट ३७ करोड ३४ लाख

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाका १० पालिका मध्ये बरेङ गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ बजेट तथा कार्यक्रम सार्वजनिक गर्न शुरु भएको छ । बरेङ गाउँपालिकाले आफ्नो गाउँसभा मार्फत नीति तथा कार्यक्रम र बजेट शनिबार सार्वजनिक गरेको छ ।

गाउँपालिकाकोे ७ औँ गाँउसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि पालिका अध्यक्ष कृष्णप्रसाद शर्मद्वारा नीति कार्यक्रम प्रस्तुत गरिएको छ । यस्तै शनिबारनै गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनद्वारा बजेट समेत प्रस्तुत गरिएको छ ।

पालिकाको सातौँ गाउँसभामा पालिका उपाध्यक्ष दिलकुमारी पुनले ३७ करोड ३४ लाख ४७ हजार ४ सय ४० बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

गाउँपालिकाले कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि एक करोड १५ लाख, शिक्षा क्षेत्रका लागि रु. एक करोड ९८ लाख बजेट बिनियोजन गरिएको छ । कृषि तथा पशुमा एक करोड ५० लाख बजेट विनियोजन । स्वास्थ्यको बजेट कोरोना महामारीसंग जुध्न ५० लाख बिनियोजन भएको प्रमुख प्रशासकीय रमेश थापाले जानकारी दिनुभयो । थापाका अनुसार ५० प्रतिशत योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको र २५ प्रतिशत नयाँ कार्यक्रम ल्याइएको बताउनुभयो ।

गाउँ सभाबाट पालिकाभित्र कार्यरत सबै शाखा तथा वडाका करार कर्मचारीका लागि २०७८ साउनबाट लागु हुने गरी मासिक २ हजार वृद्धि गर्ने भएको छ ।

त्यस्तै विद्यालयमा कार्यरत कर्मचारी तथा बालशिक्षकका लागि मासिक १५ हजार, सामुदायिक सिकाइ केन्द्रका परिचालिकाका लागि ८ हजार २ सय र लेखापालका लागि मासिक १६ हजार तलब गराइउको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *