ताराखोला गाउँपालिकाले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
ताराखोला गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा गाउँपालिकाले स्वास्थ्य, कृषि, पर्यटन तथा शिक्षा क्षेत्रलाई विशेष प्राथमिता दिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका साथै स्वास्थ्य संस्थाको स्तरोन्नती, आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन लगायतका विषयलाई महत्व दिएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रको विकासका लागि प्रचारप्रसार र प्रवद्धन गर्नु पर्नेमा जोड दिएको पाइन्छ ।

त्यस्तै कृषि क्षेत्रमा महत्व दिएको पाइन्छ । कृषि साना व्यवसायिक पकेट क्षेत्र तथा पशुपंक्षी उत्पादन केन्द्र, पकेट आलु उत्पादन केन्द्र कार्यक्रम संचालन गरिने, मासु तथा दधु मिसन कार्यक्रम अन्तरगत पाडा, बाख्रा, बंगुर तथा कुखरा प्रवर्द्धन कार्यक्रम संचालन गरिने भएको छ ।

कृषकहरुलाई ५० प्रतिशत अनदानमा फलफुल रोपण कार्यक्रम अन्तगरत ओखर, किवि, आल्मण्ड, एभोगार्ड, जस्ता ताराखोलाको माटोमा सहाउँदो खालका फलफूल विरुवा रोपण कार्यक्रम संचालन गरिने नीति कार्यक्रममा उल्लेख छ । लोकल कुखरा पालन तथा बंगुर पालनलाई प्रवद्र्ध गरिनेछ ।

त्यस्तै गाउँपालिकाले पर्यटन क्षेत्रलाई पनि प्राथमितामा राखेको छ । वडा नम्बर ५ को करिमेलालाई नमुना पर्यटकीय बस्तीको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । निर्माणाधीन संग्रहालयदेखि अर्गल गाउँ हुँदै शहीद पार्कसम्म पदमार्ग निर्माणको कार्य थालनी गर्ने, रानु झर्ना पूर्वाधार निर्माण गर्नुका साथै प्रचार प्रसार गरि झर्नालाई पर्यटकीय स्थलकोलको रुपमा विकास गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *