बागलुङमा निषेधाज्ञा खुकुलो, निजी सवारीमा जोर बिजोर, रेष्टुरेन्ट मध्यान्ह सम्म खुल्ला

आदर्श अनलाइन, बागलुङ

बागलुङमा थप एक साता निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको दरलाई अझै घटाउनका लागि कोरोना संकट व्यवस्थापन (डिसिसिएसी)को सोमबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तर असार १५ सम्म जारी गरेको निषेधाज्ञा भने केही खुकुलो पारिएको छ ।

जोर विजोर प्रणलीमा निजी सवारी साधन जम्मा चार जना यात्रु सहित सञ्चालन गर्न पाइने छ भने सार्वजनीक सवारी सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिनुभयो ।

यस्तै होटल, रेष्टुराँ, चिया पसल, खाजा घर, होम डेलीभरी, अनलाईन डेलीभरी दिउँसो १२ बजे सम्म स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्न पाइने भएको छ । यस्ता पसलहरु सञ्चालन गर्दा भौतिक दूरी कायम गर्ने, माक्सको प्रयोग अनिवार्य गरिएको छ ।

यस अवधीमा बैक तथा वित्तीय संस्था, सहकारी, मनी ट्रान्र्सफर र बीमा कम्पनी सहित बिहान ९ बजे देखि १२ वजे सम्म सञ्चालन गर्न पाइने छ । तर सहकारीले घरदैलो भने गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा उल्लेख गरिएको छ । यस्तै अत्यावश्यक सेवा, निर्माण, तरकारी, फलफूल, औषधी, अक्सिजन लगायत भने निर्वाध रुपमा सञ्चालन हुँनेछन् ।
यस अवधीमा सिनेमा हल, जीम हल, व्युटी पार्लर, शैलुन जस्ता सेवा भने बन्द रहने छ ।

कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि गत बैशाख २१ गतेदेखि निषेधाज्ञा सुरु भएको हो । जेठ १ गते देखि पुन १५ दिन थपिएको निषेधाज्ञा पुन जेठ १५ गते जेठ २२ सम्म थप गरिएको थियो जेठ २२ गते देखि असार १ गते सम्म जारी निषेधाज्ञा पुन असार ७ गते सम्म र पुन १५ गते सम्म केही खुकुलो गर्दै थपिएको हो ।

No photo description available.
No photo description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *