बागलुङ नगरपालिका ३ मा एकै पटक ४१ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ३ मा एकै दिन ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पताल बागलुङमा ५० जनाको स्वाब परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिनुभयो ।

संक्रमित ४१ जना मध्ये ३८ बागलुङ नगरपालिका वडा नम्बर ३ खोला खेतको र अन्य ३ जना गुठीको रहेको खनालको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *