रात्माटामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–३ रात्माटामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–३ रात्माटामा ध १ च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा गम्भिर घाइते भएका बागलुङ–१२ का १८ वर्षीय युवा सरोज भेटालको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहानै सडकमा गुडिरहेको ट्याक्टर अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरले च्यापिएर गम्भिर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याउनुभएको थियो ।

सहचालकोे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । चालक जिल्ला कास्की पोखरा उपमहानगरपालिका ३ नाङडाडा पाउदुर बस्ने बर्ष २२ वर्षीय दिपेन्द्र किसान प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *