सरोजराज पन्त
नेपालमा नेपालमा बिसं २०६८ को जनगणना अनुसार माझीको कुल जनसंख्या ८३,७२७ छ । उनीहरु पहाडका साथै नेपालको मध्य र पूर्वी क्षेत्रका नदी किनारा पहाडी कालीगण्डकी नदी देखि सप्तकोशी नदी, सुनकोशी, तामाकोशी, दूधकोशी, अरुण, बरुण, लिखु, त्रिशुली र तमोर आदि नदिको किनारामा बसेर जीविको पार्जन गर्दे आएको पाइन्छ । परम्परागत रूपमा, माझी जीविको पार्जन र परम्परागत जीवनशैली स्थानीय नदीहरूमा चारैतिर घुमाइन्थ्यो । निर्वाह खेती, माछा मार्ने काम, डुङ्गा बनाउने र मानिसहरूलाई उनीहरूको डुङ्गामा नदी पार गर्न मद्दत गर्नेले माझीहरूको परम्परागत पेसा हो । लोकप्रिय कल्पनामा, “माझी” शब्दले नदीका मानिसहरुको पहिचान प्रदान गर्दछ जसले उनीहरूको डुङ्गामा पार गर्ने महत्वपूर्ण सेवा प्रदान गर्दछ । शताब्दियौंदेखि नदीहरूलाई सुरक्षित रूपमा पार गर्न मद्दत गर्ने माझीहरू अहिले नेपालको लोपोन्मुख, सीमान्तकृत र बहिष्कृत आदिवासी समुदायमा रहेका छन ।
लोपोन्मुख माझी जाति नेपालका आदिवासीहरू हुन् । उनीहरुको सदियौ देखि नदीहरूसँग सम्बन्ध रहेको छ किनकि नदि नै उनीहरुको जिबिकोपार्जनसँग सम्बधित छ । माझीको आफ्नो विशिष्ट संस्कृति र जीवनका परम्परागत तरिकाहरु रहेका छन् । पहिले माझी जातिको आफनै भाषा रहेकोमा अहिले आफनै भाषा कतै लोप भएको छ भने कतै लोपोन्मुख अबस्थामा रहेको छ । माझीहरूको आफ्नै मातृभाषा भएपनि अहिले यो अभ्यासमा छैन किनकि उनीहरूले नेपाली भाषालाई आफ्नो पहिलो भाषाको रूपमा जोगाउन सकेका छैनन । उनीहरू प्रायः हिन्दू धर्म र सोही अनुसारका चाडहरू मनाउँछन् । इन्डो–यूरोपीय भाषा परिवारसँग सम्बन्धित भाषा बोल्ने माझीहरू ’प्रकृति उपासक’ हुन् । उनीहरू “तांत्रिक“ धर्म रुचाउँदछन् र धेरै माझीले आफ्नो जन्मजात र हिन्दू धार्मिक दुबै धारणा पछ्याएको पाइन्छ ।
बागलुङमा वर्षौदेखि कालीगण्डकीको तिरमा बस्दै आएका माझीहरु पोखरा बागलुङराजमार्ग निमार्णको क्रममा घरबास गुम्न गई विस्थापित हुन पुगेकोले लामो समयसम्म बा.न.पा १ को बाङ्ेचौरमा बसोबास गर्नु परेको थियो । लामो समय पछि उनीहरुलाई राज्य लगायत विभिन्न निकायहरुको साथ सहयोगमा एकिकृत वस्ती स्वरुप कालीगण्डकी तट खनियाबासमा सुन्दर बस्ती बनाएर बस्ने व्यवस्था भएको छ । जहाँ अहिले २२ घरमा माझी परिवार बस्ने गर्दछन । आधुनिकिकरण र विकास निर्माण कार्यले गर्दा उनीहरुको पेशामा संकट आएको छ । माझीले डु्ङ्गा तार्ने ठाँउमा झोलुङ्े र पक्कि पुलहरु बनेका छन । ठूलाठूला पुल, मोटर बाटो आदिका कारण उनीहरुको घरजग्गा नष्ट भई विस्थापित हुन पुगेका छन भने जीविको पार्जनमा असर परेको छ । माछा मार्ने काममापनि समस्या सृजना भएको छ । अहिले सबै मानिसले माछा मार्ने गरेकाले परम्परागत पेशाबाट विस्थापित बनेका छन । तिनीहरूले पनि जीविकोपार्जनका लागि पेशाका वैकल्पिक रूपहरू खोज्न थालेका छन् । त्यसैले यस समुदायका मानिसहरु अन्य पेशा र व्यवसायले जीविको पार्जनको माध्यम मानेका छन जस्तैः वैदेशिक रोजगार जसमा भारत लगायत अन्य मुलुकमा श्रमका लागि गएका छन् । स्बदेशमा ज्याला मजदूरी गर्ने, सुगुर, बगुर, खेती र गाईवस्तु पाल्ने, गिटी कुटने, निर्माण कार्यमा श्रमिकको रुपमा काम गर्ने र अन्य पेशा व्यवसायमा गरेर जिविकोपार्जन गरिरहेका छन ।
माझीका पुर्खाहरूले व्यवसायिक माछा मार्ने र डु्ङ्गा चलाउने गर्दथे । उनीहरूको जग्गा जमिन नभएका कारणले, आर्थिक अबस्थापनि कमजोर थियो । उनीहरुले “डु्ङ्गा” जुन रूख काटेर बनाउने र सोही प्रयोग गरेर दैनिकी गुजारेको पाइन्छ । त्यसै गरी नदीको किनारमा माछा मार्ने डु्ङ्गा, सुन खोज्ने, खेतीपाती र पशुपालन गर्न थाले र यसैलाई मुख्य व्यवसाय बनाए । उनीहरूको चाडवाडहरु, जन्म, मृत्यु, विवाह, भोज अन्य जातिहरूको भन्दा केही फरक रहेका छन । माझीहरु एक स्थानमा बसिसकेपछि बसाइ सराई गर्न चाहँदैनन् । यद्यपि बिभिन्न कारणहरूले गर्दा उनीहरू सर्नुपर्ने अबस्था आउने गरेको पाइन्छ । उनीहरुको संस्कृतिमा ब्राह्मण र क्षेत्री समूदायहरूको प्रभाव परेको पाइन्छ । कतिपय स्थानमा बसाईएको कारण तिनीहरूको संस्कृति र सामाजिक जीवनमा असर प¥यो र भूमिहीनताको वृद्धि भयो । त्यसैले तिनीहरू अन्य स्थानहरूमा बसाइँको कारण, तिनीहरूले आफ्नो धर्म, परम्परा र संस्कृति जारी गर्न नसकेको पाइन्छ, त्यसैले तिनीहरूको संस्कृति बिस्तारै लोप हुने अबस्थामा पुगेको छ ।
परम्परागत रुपमा उनीहरूले माछा मार्ने, डु्ङ्गा बनाउने, चलाउने गरेकोमा अहिले पेशामा रुपान्तरण भएको छ । महिलाहरुले बंगुर, सुंगुर, कुखुरा पाल्ने, रक्सी बनाउनका लागि मर्चा बनाउने काम गर्दे आएका छन । अहिले माझीहरू आफ्नो परम्परात पेशा माछा मार्ने कामबाट बिस्थापित भई जीउनका लागि विविध पेशामा संलग्न हुन विवश छन । आपलनो जग्गा जमिन नहुनु भएपनि कम हुनु, उत्पादन कम हुनु कृषि र खेतीमा संलग्न भए पनि बर्षभरि खान नपुग्नु, रोजगार र दीगो आम्दानीका स्रोत नहुनु, दिनहँु ज्याला मज्जदुरी गरेर दैनिक गुजारा गर्नु पर्ने अबस्था छ । त्यसैले अहिले पनि अधिकांश माझीहरू गरीवीको रेखामुनि रहेका छन् । स्वास्थ्य सचेतनाको स्तर बिस्तारै माथि उठेपनि सन्तुलित खानपानमा भने गरीवीका कारण अपेक्षित सुधार हुन सकेको छैन । उनीहरुको खानामा भात, गहुँ, कोदो वा मकैको ढिडो; आटो भैंसी सुँगुर, कुखुराको मासु, माछा स्थानीय रूपमा बनाएको रक्सी खाने गर्दछन भन्ने आधुनिक खाना मःम, चाउमिन लगायतका खानतर्फ पनि नयाँ पुस्ताको आर्कषण बढदै गएको पाइन्छ । माझी जातीका मुख्य धर्म धार्मिक परम्परा पूजाआजा चाडपर्वहरुमा कुल पूजा, संसारी पूजा, गोठ पूजा, भुमे पूजा, लदी पूजा लगायत, बैसाख पूर्णिमा साउने सक्रान्ति, दशै, तिहार, चैते दसै लगायतका चाडपवहर्रु मनाउछन् । माझी जातीका जन्मदेखि मृत्युसम्मका विभिन्न सस्कारहरुमा जन्म सस्कार, पास्नी, छेवर, विवाह, मृत्यु सस्कार, चोखिने वा शुद्ध हुने सस्कार, पूर्णिमा मान्ने, श्राद्ध, पितृ बोलाउने, वरली चलाउने आदि पर्दछन ।
उनीहरूको आफनै भाषा, संस्कृति र पोशाक विलुप्त अबस्थामा रहेकाले कठिनाई भइरहेको छ । तथापि माझीहरुले आफ्नो मौलिक पहिचानलाई जोगाउन पोशाक र गहनाहरू प्रयोग गर्दे आएका छन् । पहिले पुरुषहरूले कछाड, भोटो, फेटा (पगडी), इस्टाकोट र टोपी लगाउथेँ भन्ने अहिले उनीहरुका साथै नयाँ पुस्ताले पाइट, सर्ट, कोट, सुइटर लगायतका आधुनिक कपडाहरु लगाउने गरेको पाइन्छ । महिलाले फरिया, चौबन्दी चोलो, पटुका, मजेत्रो लगाउँथे भन्ने अहिले नयाँ पुस्ताले कुर्था, सुरुवाल, पाइट, टिसर्ट आदि कपडाहरु लगाउने गरेको पाइन्छ । उनीहरू कानमा ढङुंग्री लगाउँदछन्, कानमा माडवारी, नाकमा फुली, बुलाकी, कपालमा शिरफुल, घाँटीमा पोते, खुट्टामा कल्ली औंठी आदि लगाउँछन । परम्परागत रूपमा तिनीहरू संयुक्त परिवारमा बस्ने गरेपनि अहिले तिनीहरू सानो परिवारमा आकर्षित भएका छन । विगतको तुलनामा यस समुदायमा अनेकौँ परिवर्तनहरु देखा परेका छन । आधुनिक संचार माध्यमहरु जस्तैः टिभी, मोबाइल आदिले गर्दा सचेतना स्तर बढेको भएपनि निम्न स्तरको आर्थिक अवस्थाले गर्दा जीविको पार्जनमा सहजता भन्ने आउन सकेको छैन । वाय संस्कृतिको प्रभाव, फेसन जस्ता कारणले गर्दा थप जटिलता बढेको सुन्न सकिन्छ ।
प्रजनन, शिशु मृत्युदर र मातृ मृत्युदर दर कम गर्नका लागि महिला शिक्षा, रोजगार र समान अबसर उपलब्ध गराउन अति आवश्यक छ । महिला शिक्षाले विवाह र पारिवारिक आकारमा उमेरलाई प्रभाव पार्छ किनभने शिक्षित महिलाहरूले स्वास्थ्य र बच्चाहरूको गुणस्तरको सवालमा बढी सचेत छन् । शिक्षित महिलाले भएमा आर्थिक व्यवहार, राजनीतिक, परिवारिक, व्यवहार गर्न सहज हुन्छ । माझीले समान नागरिक र लोपोन्मुख आदिवासी समुदायको रूपमा आफ्नो अधिकारको दावी गर्न आफ्नो साम्प्रदायिक शक्तिलाई जोड दिनु पर्दछ । उनीहरूले आफ्नो आदिवासी अधिकारका लागि थप पहल कदमी साझा आन्दोलनलाई पुनर्जीवित गर्नु पर्दछ । समावेशी लोकतन्त्र र राज्यको संघीय पुनः संरचनातर्फ पछिल्लो राजनीतिक परिवर्तनले माझीलाई नेपालका आदिवासी जनजातिको रूपमा लिएको छ ।
आधुनिकीकरण र विकासको संसारमा नेपालमा अन्य आदिवासी जनजाति र अल्पसंख्यक समुदायहरू जस्ता आज माझी पनि आफ्नो संस्कृति र पहिचानलाई जारी राख्न संघर्ष गरिरहेका छन् र राज्यमा आफ्नो सार्वभौम आदिवासी अधिकार प्राप्त गर्न लागि परिरहेका छन् । उनीहरुमा रक्सी र चुरोटको खपत धेरै हुने गरेकोले उनीहरुको स्वास्थ्यमा असर परेको छ । यसको नियन्त्रणका लागि पनि हामी अगाडी बढ्नुपर्छ । अन्यथा, भविष्यमा अन्य अप्रत्याशित समस्याहरू हुन सक्छन् । मानिसमा शिक्षा स्तर एकदम कम भएकाले सशक्तिकरणमा पनि असहज भएको छ । तसर्थ, उच्च प्राथमिकतामा महिला शिक्षामा राख्नु पर्छ । परम्परागत पेसाको कमी र नयाँ र आधुनिक प्रकारको जागिर खोज्ने क्षमताको अभावका कारणले पनि उनीहरुलाई जीविका चलाउनमा समस्या छ । अभिभावकहरूले सिकाईको लागि राम्रो पारिवारिक वातावरण सिर्जना गर्नुपर्दछ, र बच्चाहरूलाई राम्रो पोषण र सामाजिककरणको लागि समय दिनु पर्दछ । माझीलाई प्रोत्साहित गर्न, रोजगार, समान पहुँच तथा अवसरका लागि विशेष कार्यक्रम र योजनाहरू बनाएर पूर्ण रुपमा कार्यान्वयन गर्न आवश्यक छ ।
तुलनात्मक हिसाबले अन्य समुदायका मानिसहरु भन्दा माझी समुदायका मानिसहरूको आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा अन्य जाति भन्दा गरीब रहेका छन् । शिक्षा, अबसर र रोजगारको क्षेत्रमा यो समुदायका व्यक्तिहरूको पहुँच कमी रहेकोले यिनीहरुको शैक्षिक, आर्थिक लगाायत अबस्था अपेक्षित रुपमा राम्रो देखिदैन । अतः यो पक्षलाई आत्मसाथ गरी भविष्यमा माझी समुदायका समस्याहरु समाधान गर्न शिक्षा,स्वास्थ्य, रोजगार लगायतका अबसर प्रदान गर्न र उत्थान गर्ने योजना बनाउन जरुरी रहेको छ ।
राज्यको मुलधारमा सहभागिता, राजनीति, नीति निर्माण, स्वास्थ्य, शिक्षा संचार, संचालन र अन्य धेरै महत्वपूर्ण पक्षहरूमा समान अवसर नभएकोले पनि अन्य जातजाति भन्दा पछाडि रहेको पाइन्छ । यसको लागि स्वाभाविक रूपमा शिक्षा महत्वपूर्ण रहेकोले आजको प्रतिस्पर्धी युगमा समान अवसर र पहुँचमा सुधार गर्न व्यवसायिक शिक्षमा जोड दिनसकेमा समान अवसर, रोजगारसँगै स्रोतहरूको समान वितरणमा पहुँच पुग्ने देखिन्छ । शिक्षाले मानिसलाई सभ्य, सस्कारी बनाउने मात्र होइन रोजगारी, जीवनको अवसर, आर्थिक प्रगति, पिछडिएको विलुप्त हुने अवस्थाबाट मुतिm दिलाउँछ भन्ने बिषयमा सचेत रहेपनि गरीवीका कारण उच्च शिक्षा, प्राविधिक शिक्षाबाट बन्चितहुनुले आजसम्म पनि उनीहरु विकासको मुख्य प्रवाह भन्दा बाहिर छन् । यसैले, उनीहरूको लागि उत्थान, विकास र समग्र समस्याहरु समाधानको लागि राज्यका सबै निकायहरुले परिणाममुखी काम गर्न आवश्यक छ ।