खोलाले बगाउदै गरेको अवस्थामा ताराखोलामा एक शव फेला

आदर्श अनलाइन,बागलुङ

जिल्लाको ताराखोला गाउँपालिकामा एक व्यक्तिको शव फेला परेको छ ।

ताराखोला गाउँपालिका वडा नम्बर ४ दल्लनचौरमा माथिबाट खोलाले बगाउदै ल्याएको अवस्थामा वार्ड वाड नम्बर ४ का ४३ वर्षीय टेक बहादुर खत्रीको शब फेला परेको हो ।
बाढीका कारण अबरुद्ध बनेको मोटर बाटो तथा काठको मोटरेबल पुलको मर्मत गरिरहँँदा मानिसको शब बगाउदै गरेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । त्यस लगत्तै इलाका प्रहरी कार्यालयको टोली तत्काल घटना स्थलमा पुगेको थियो ।

ढु्ङ्गाको बिचमा अड्किएको अवस्थामा शब फेला परेको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार खत्रीले केही समय अघि बाँदर धपाउँदै गरेको स्थानीय बताएका छन् । त्यसको केही समयमा नै खोलामा उनको शब भेटिएको हो । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *