बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण गर्दै पूर्वाधारमा जोड

आदर्श अनलान, बागलुङ
बागलुङ नगरपालिकाको नवौं नगरसभा बुधबारदेखि सुरु भएको छ । नगर सभाको पहिलो बैँठकले बागलुङ नगरपालिका – १३ की महिला सदस्य मिनाकुमारी रोकाको असामयिक निधन भएको भन्दै रोकाको निधनप्रति शभामा शोक प्रस्ताव पारित गर्दैै पहिलो बैंठक स्थगित गरिएको थियो ।

लगतै नगर सभाको दोस्रो बैंठकमा नगर प्रमुख जनकराज पौडेलले आर्थिक वर्ष २०७८/७९को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कोरोना प्रभावितलाई रोजगारी र पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

नीति तथा कार्यक्रममा कोभिड–१९को संक्रमण फैलिदै गएको र नयाँ प्रजातिको भाइरस फैलिन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै नगरपालिकाले पूर्व तयारी गर्ने बताउनुभएको थियो ।
उहाँले कोरोना महामारीलाई नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक प्रबन्ध गर्ने, स्वास्थ्यकर्मीको मनोवल बढाउनका लागि आवश्यक व्यवस्था मिलाउने, गरीबसंग मेयर ऋषिराम. कार्यक्रमलाई कोभिड–१९ बाट प्रभावित व्यक्ति समेतको आय–आर्जनका लागि सुलभ कर्जा प्रदान गर्ने, स्वास्थ्य चौकी नभएको वडा नम्वर–७ मा स्वास्थ्य चौकी निमार्ण गरी आवश्यक जनशक्ती व्यवस्थापन गर्ने कुराहरु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्याक्रममा पूर्वाधार निमार्ण,सामाजिक विकास, शिक्षा, आर्थिक विकास, युवा तथा खेलकुद, खानेपानी, सिंचाई, पर्यटन, वन तथा वातावरण, शासकीय व्यवस्था एवं सुधार, कला, संस्कृति साहित्य, कानुन तथा न्याय र सूचना तथा सञ्चार आदि विषय उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *