धौलागिरी आयुर्वेद औषधालयको आयोजनामा मनाइयो सातौँ योग दिवस

आदर्श अनलाइन, बागलुङ
धौलागिरी आयुर्वेद औषधालय बागलुङले सातौँ अन्तराष्ट्रिय योग दिवस मनाएको छ । औषधालयले “सुस्वास्थ्यको लागि योग“ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गरि मनाएको हो ।

सो अवसरमा अनलाइन मार्फत विभिन्न किसिमका योगहरु गरि एको थियो भने अनलाइन मार्फत अन्य नागरिकहरुलाई पनि सहजिकरण गरेको औषधालयका प्रमुख सरोजकुमार रायले बताउनुभयो ।

त्यस्तै सोही अवसरमा अनलाइन मार्फत राजयोगको अभ्यास र मानव सेवा आश्रममा “कर्मयोग“ समेत गरिएको रायको भनाई छ । यस अवसरमा मानव सेवा आश्रममा स्वास्थ्य सामग्री तथा प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गरिएको उहाँको भनाई छ ।

योगले विभिन्न रोग लाग्न बाट बचाउने र स्वास्थ्यलाई तन्दुरुस्त स्वस्थ राख्न मद्दत पुग्ने प्रमुख रायको भनाई छ । उहाँले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि योगले ठूलो भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सशस्त्र प्रहरी गुल्मका प्रमुख, शिक्षा विकाश तथा समन्वय इकाई प्रमुख, औषधालय संचालन समितिका अध्यक्ष राजीव घिमिरे लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *