प्रअलाई म्याग्दी खोलामा बगाएको आरोपीमा एक जना पक्राउ

आदर्श अनलाइन, म्याग्दी
बेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई हत्यापछि म्याग्दी नदीमा बगाइदिएको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । तीनदिन देखि बेपत्ता कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका स्थानीय ३१ बर्षिय सञ्जय बानियाँले ब्यक्तिगत रिसिबीका कारण हत्या गरेको बयान दिएका छन् ।

आइतबार विहान फोटोकपी गर्न विद्यालयमा आएका प्रअ कार्कीलाई विद्यालयबाट करिब डेढ सय मिटर पश्चिमतर्फ पैदल हिडिरहेको अवस्थामा पछाडीबाट आक्रमण पश्चात् हत्या गरी शवलाई म्याग्दी नदीमा फालेर बगाइएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

उनका अनुसार असार ६ गते विहान अन्दाजी ९ बजे एक्लै हिडेको अवस्थामा विद्यालय नजिक हत्या गरी म्याग्दी नदीमा बगाइदिएको बताउँदै घटनामा संलग्न रहेको बताए । ‘आरोपीले हत्या गरेको स्वीकार गरिसकेका छन्,‘अचेत अवस्थामै म्याग्दी नदीमा बगाइदिएको प्रारम्भीक बयान दिएका छन्’ प्रनाउ राईले भने ।उनका अनुसार बेपत्ता कार्कीले आरोपीको आक्रमणलाई प्रतिबाद समेत गर्न खोजेको देखिन्छ । विद्यालयका विद्यार्थी, स्थानीय र पैदलयात्रीले प्रयोग गर्ने पुरानो बाटोमा बगुवाखोलामा निर्माणधिन अवस्थामा रहेको पार्कको डिजाइनको फोटोकपी लिएर हिडिरहेको अवस्थामा प्रअ कार्कीमाथि आक्रमण भएको थियो।

पैदलयात्राको क्रममा आक्रमण भएपछि बेनी–जोमसोम सडकखण्डको नजिकै पुग्ने पदैलमार्गको उकालोमा भुइँमा बजारिएका थिए । विहानको समयमा भएको घटनामा बेपत्ता कार्कीलाई निकै छोटो समयमै हत्या गरी म्याग्दी नदीमा बगाएको बयानले अचेत अवस्थामै म्याग्दी नदीमा बगाइएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

घटना लगत्तै घरमा पुगेर रगतले लतपतिएको कपडालाई फालेर भकिम्ली आसपासको घटनास्थलको पारीबाट पर्वतको मालढुंगा हुदै ट्रकमा चढेर भारततर्फ जाने खोजेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । प्रहरीले ब्यक्तिगत रिसिबीकै कारण घटना गरेको पुष्टी गरेपनि थप अनुसन्धानको आवश्यकता रहेको जनाएको छ ।

आरोपी बानियाँकी श्रीमति विद्यालयमा रहेको बौद्धिक अपाङ्ता स्रोतकक्षाकी कर्मचारी हुन् । विद्यालयकै छात्राबासमा श्रीमतिसँगै बेपत्ता कार्यमा संलग्न बानियाँ समेत बस्दै आएका थिए । बेपत्ता कार्कीसँग आरोपी बानियाँले यसअगाडी समेत पटक–पटक विवाद गर्ने प्रयास गरेपनि प्रअ कार्कीले वास्ता नगरी विद्यालयको गतिविधिमा संलग्न हुने गरेका थिए ।

घटना हुनुभन्दा अगाडी समेत आरोपी बानियाँले प्रअ कार्कीसँग विवाद गर्न खोजेपनि बेवास्ता गदैं पैदलमार्ग हुदै गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। करिब ५ बर्ष मलेसिया र केहीबर्ष भारतमा रोजगारी गरी फर्किएका आरोपीमाथि अनुसन्धान गर्न प्रहरीले बुधबार ७ दिनको म्याद थप गरेको छ । प्रहरीले घटनाको थप प्रमाणहरू जुटाएर हत्या गरी बेपत्ता बनाएको कसुरमा मुद्धा चलाउने जनाएको छ ।

घटनास्थलमा समेत रगतको थोपा भेटिएपनि एकै ठाउँमा रगत बगेको देखिदैन् । यता चिकित्सकले घटनालगत्तै अचेत हुदैमा मृत्यु नहुने बताएका छन् । अचेत अवस्थामा रहेका कुनैपनि ब्यक्तिको मुटुको चालको परीक्षण गरेपछि मात्रै मृत घोषित गर्न सकिने भएकाले अचेत अवस्थामै मृत्यु भएको अनुमान गर्न मुस्किल हुने बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *