म्याग्दीमा बस दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

आदर्श अनलाईन, म्याग्दी ।
आइतबार साँझ पश्चिम म्याग्दीको दरबाङबाट बिम तर्फ जादै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मालिका गाउँपालिका–७ बिममा ग १ ख ४४ ७६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र उनिहरुको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले आदर्श अनलाईनलाई बताउँनुयो । बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ ।

‘दुर्घटनामा घाईते भएकाहरुको उद्धार हुँदैछ ,‘मृतकको शब गाडीले च्यापिएको अवस्थामा छ’ शर्माले भन्नुभयो इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी सहायक निरिक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा प्रहरीको टोली उद्धारमा खटिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *