ताराखोला गाउँपालिकाको बजेट ३५ करोड ५१ लाख

आदर्श अनलाइन, बागलुङ
जिल्लाको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु. ३५ करोड, ५१ लाख ८६ हजार ९९८ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले बिहीबार नवौ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुनले आगमी वर्ष संघीय सरकारलै प्रदान गर्ने अनुदान, गण्डकी प्रदैश सरकारले प्रदान गर्ने अनुदान र गाउँपालिकाको अनुमानित। आम्दानी, राजश्व बाँडफाँट लगायतकौ आधारमा बजेट सार्वजनिक भएको छ ।

गाउँपालिकामा आगमी आर्थिक वर्षमा प्राप्त हुँने सशर्त अनुदानको रु.१५ करोड ६५ लाख, वित्तिय समानीकरण अनुदान ७ करोड ३८ लाख, राजश्व बाँडफाडको ५ करोड ५५ लाख, गण्डकी प्रदेशको समानिकरण अनुदान तर्फ ७५ लाख ४९ हजार, राजश्व बाँडफाँड बाट ३१ लाख ७४ हजार प्राप्त हुँने भएको छ ।

यस आर्थिक वर्षमा चालु र पूजिगत तर्फ रु.२ करोड ७६ लाख मौजात रहेकौ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगमी आर्थिक वर्षको बजेटमा आन्तरिक आम्दानी ४३ लाख १० हजार हुनै अनुमान गरिएकौ छ । आगमी आर्थिक वर्षको चालु खर्च तर्फ ५ करौड ८० लाख, पूजिगत तर्फ १० करोड ९१ लाख, चालु खर्च ससर्त अनुदान तर्फ रु. १८ करोड, ८० लाख अनुमान गरिएको छ । यस्तै कोरोना नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषमा १० लाख विनियोजन भएको छ ।

आर्थिक विकास र कृषि कार्यक्रम तर्फ ६८ लाख ५० हजार, सामाजिक विकास तर्फ शिक्षामा रु एक करोड २७ लाख, स्वास्थ्यमा ७२ लाख ८६ हजार, युवा तथा खेलकूदमा ६२ लाख, खानैपानी तथा सरसफाईमा रु. ४ लाख विनियोजन गरिएको छ ।

यस्तै पूर्वाधार तर्फ ससर्त अनुदान बाहेक रु. द्द करौड १७ लाख विनियोजन भएको छ । सुसासन र संस्थागत विकास तर्फ ४२ लाख, प्रशासनिक खर्चकौ लागि रु. ६ करोड २२ लाख विनियोजन भएकौ छ । गाउँपालिकाले ताराखोला कृषि वगेचा, युवालाई रौजगारी उतपादन थरी थरी कार्यक्रममा २२ लाख, पशु तथा कृषि पकेटमा ३३ लाख विनियोजन भएको छ ।

करिमेलालाई नमूना पर्यटकीय गाउँ विकास गरी स्टोन भिलेजकौ रुपमा अगाडी बढाइने भएकौ छ । जस्का लागि रु. १५ लाख विनियोजन भएको छ । छेजी करिमेला, म्याग्दी रुमा सडक स्तरोन्नती गर्न रु. ८० लाख विनियौजन भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *