आदर्श सञ्चारद्वारा शेयर सदस्यको निधन प्रति दुख व्यक्त गर्दै राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारीले शेयर सदस्यको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

आदर्शसँगको सहकार्यमा व्यवसायिक सफलता प्राप्त गर्न सफल शेयर सदस्य तथा पर्यटन प्रवद्र्धन, उपसमिति सदस्य, शेयर सदस्य गंगा जैसीका श्रीमान काठेखोला गाउँपालिकाका वडा नम्बर ७ रेश स्थायी घर भई हाल बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी संस्थाका शेयर सदस्य ऋषिराम जैसीको निधनको ११ औं दिनको पुण्य तिथी पारेर श्रद्धाञ्जली सभा सहित मृतकका परिवारलाई राहात हस्तान्तरण गरेको हो ।

संस्थाका निर्वतमान सचिव प्रेम लामिछाने, शेयर सदस्य थम्मन बहादुर जि.सी, शेयर सदस्य युवराज गौतम र शेयर सदस्य प्रजापती गौतमले शेयर सदस्यको निधनमा १५ हाजार र शेयर सदस्यका परिवारको निधनमा ५ हजार गरी २० हजार रुपैयाँ मृतकका आमा पवित्रा शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *