निसीखोला गाउँपालिकाको बजेट ४४ करोड ८४ लाख

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिकाले बिहिबार आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट आठौँ गाउँसभाबाट मार्फत सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष शोभा कुमारी कार्कीले ४४ करोड ८४ लाख, २३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थियो ।

नीति कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित भएको छ । गाउँपालिकाले यस वर्ष स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रममा भौतिक संरचना निर्माणदेखि गत वर्षका भन्दा केही फरक कार्यक्रमहरु ल्याएको छ ।

विद्यालयका भवन निर्माण, शैक्षिक क्षेत्रको स्तर वृद्धि, आफ्नै पालिकाको भाष, संस्कृति समेटिएको पाठ्यपुस्तक निर्माण तथा पठनपाठन गर्नेदेखि गाउँपालिका शैक्षिक गुरुयोजना निर्माण लगाएतका कार्यक्रमलाई समेटिएको छ ।

पालिका अध्यक्ष सँग बालबालिका कार्यक्रम, विभिन्न सचेतना कार्यक्रम, युवा रोजगार, कृषिसमेत प्राथमिकता दिएको छ । पालिकाले विद्यालयको भौतिक संरचना निर्माण, घेराबार, सडक स्तरोन्ती तथा विस्तार कार्यक्रमलाई जोड दिएको ।

यस वर्ष खरको छानामुक्त गाउँपालिका अभियान थालेको पालिकाले पर्यटन प्रर्वद्धन अन्तरगत पदमार्ग निर्माण, पर्यटकीय क्षेत्रमा पूर्णधार निर्माण तथा प्रचारप्रसारका लागि बजेट विनियोजन गरेको छ । कृषकको लागि उन्नत जातका बिउ भिवन, आवश्यक तालिम प्रदान गर्ने भएको छ ।

पालिकाले कोभिड १९ लाई नियन्त्रण गर्नलाई मुख्य प्राथमिकतामा राखेको छ । कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रोहोत्सान भत्ता तथा महिला स्वास्थ्य स्वयम सेवीकालाई प्रोत्साहन गर्ने कार्यक्रम लिएको छ ।

पालिकाका जनप्रतिनिधिको क्षमता वृद्धि, मेलमिलाप केन्द्र स्थापना, कला संस्कृर्तिको पहिचान र प्रर्वद्धनमा समेत पालिकाले नीति तथा कार्यक्रममा समावेश छ । महिला, वेराजगार युवा, उद्धम विकास लगाएतका क्षेत्रमा क्षमता विकास तालिम लगाएतका कार्यक्रम समावेश गरिएको छ ।
वडा तर्फको बजेटमा विशेष गरी सडक र विद्यालयको पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको पाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *