गलकोट नगरपालिकाको बजेट ६१ करोड ७६ लाख ७१ हजार

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को ६१ करोड ७६ लाख ७१ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगर सभाबाट उपप्रमुख रेनुका काउचाले बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाले आन्तरिक आयतर्फ २ करोड ३३ लाख अनुमान गरिएको छ भने कर शुल्क तथा दस्तुर १ करोड ६० लाख तथा अन्य आय बाट ७३ लाख अनुमान गरिएको छ ।

राजश्व बाडफाडबाट १० करोड ३ लाख ४९ हजार अन्तर सरकारी बित्तिय हस्तान्तरण तर्फ नेपाल सरकारबाट प्राप्त समानिकरण १२ करोड २५ लाख, ससर्त तर्फ ३२ करोड ७४ लाख, प्रदेश सरकार समानिकरण १ करोड ४२ लाख २२ हजार नेपाल सरकार विशेष अनुदानबाट २ करोड ४९ लाख अनुमान गरिएको नगर सभामा जानकारी गराईएको थियो ।

नगरपालिकाले सामाजिक बिकास तर्फ ३ करोड २९ लाख ९० हजार, पूर्वाधार विकास तर्फ ७ करोड १३ लाख सुशासन तथा अन्तरसम्वन्धीत विषयमा २५ लाख ५० हजार तथा वन वातावरण तथा विपद् व्यवस्थापनको लागि ४० लाख ३१ हजार रुपैया विनियोजन भएको छ ।

बजेटमा गलकोट नगरपालिकाले विशेष विकास कोषमा १ करोड ३० लाख, नगरको जग्गा व्यवस्थापन तथा भवन निमार्णको लागि १ करोड २० लाख फाहोर मैला व्यवस्थापन को लागि १५ लाख, युवा तथा खेलकुद बिकासको लागी १३ लाख, विनियोजन गरेको छ ।

नगर शिक्षा कार्यक्रमको तर्फ १ करोड १५ लाख ९० हजार विनियोजन भएको छ । विपद व्यवस्थापन कार्यक्रमको लागि ३० लाख भु संरक्षण कार्यक्रम ७ लाख ५० हजार र विपन्न परिवार स्वासथ्य बीमा कार्यक्रमको लाीग २ लाख ८१ हजार बजेट विनियोजन भयको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *