धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा जीवनशैली परिवर्तन तथा योग कार्यक्रम सम्पन्न

आदर्श अनलाइन, बागलुङ
धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा जीवनशैली परिवर्तन तथा योग कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ जीवन पुनःस्थापना केन्द्र कुँडुलेमा ‘अपनाऔ आयुर्वेदीय जीवनशैली र दैनिक ४८ मिनेट योग; रहौँ स्वस्थ, रोकथाम एवं नियन्त्रण हुन्छ रोग’ भन्ने मूल नाराका साथ दुई दिने योग कार्यक्रमम सम्पन्न गरेको औषधालयका प्रमुख डाक्टर सरोज कुमार रायले जानकारी दिनुभयो ।

उहाँले कार्यक्रममा स्वस्थ जीवनशैली, आहार बिहारका साथै योग तथा ध्यान सिकाएको जानकारी दिनुभयो । कार्यक्रममा ५२ जना सहभागी थिए । सहभागीहरुलाई रोगानुसार तथा रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने रसायन औषधीहरु ब्राह्मी वटी, अश्वगन्धा चुर्ण, च्यवन्प्राश, त्रिफला चुर्ण, तुलसी चिया र फलफूल वितरण गरेको रायको भनाई छ ।

कार्यक्रमको औषधालयका प्रमुख डा. राय, कमल विक्रम पौडेल र एकराज ढुंगानाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम औषधालय व्यवस्थापन समितिको अध्यक्ष राजिव घिमिरेकाे अध्यक्षता र औषधालयका लेखा अधिकृत देव शर्मा आचार्यको संचालनमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *