तमानखोलामा एकै पटक १७ जनामा कोरोना संक्रमण, बोङ्गादोभान बजार एक हप्ता बन्द

आदर्श अनलाइन, बागलुङ
तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकै पटक १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकै पटक ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि गाउँपलिकाले बजारमा क्षेत्रमा एक हप्ताका लागि अनावश्यक बाहेकका सेवाहरु बन्द गर्ने भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको एन्टिजेन्ट परीक्षणमा वडा नम्बर १ बोङगादोभान बजारमा मात्रै १७ जना संक्रमित फेला परेका हुन् ।

संक्रमण दर वृद्धि हुन थालेपछि गाउँपालिकाले शुक्रबारदेखि १७ गते राती १२ बजेसम्मका लागि बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताए ।

वडा नम्बर १ बोङगादोभान बजारमा मात्रै १७ जना र वडा नम्बर ४ मा १ जना गरी हाल १८ जना सक्रिय संक्रमित छन् । संक्रमण रोकथामका लागि होटल, पसल, व्यवसाय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *