गलकोटको स्वास्थ्य सेवा इकाईमा अक्सिजन सहित उपचार सुरु

आदर्श अनलाइन, गलकोट

गलकोट ग्रामीण स्वास्थ इकाईमा अक्सिजन सहित उपचार सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् ।
गलकोट नगरपालिका वडा नम्बर ४ मा रहेको स्वास्थ्य इकाइमै अक्सिजन सेवा सुरु भएको हो ।

गाउँघर क्लिनिकबाट स्तरोन्नति भएको बौर सामुदायिक स्वास्थ्य इकाईमा अक्सिजन सेवा सुरु भएको छ । एउटा सामान्य भवनमा संचालनमा रहेको स्वास्थ्य इकाइमै अक्सिजनको ब्यबस्थापन भएपछि वार्डका स्थानीयवासी खुसी भएका हुन् ।

सिमित जनशक्ति र सामान्य भवनमा चल्दै आएको उक्त स्वास्थ इकाइको लागि सुबिधा सम्पन्न भवन बनिसके पनि केही काम बाँकी रहेको छ । भवन र सुबिधा भन्दा पनि आम नागरिकले स्वास्थ्य सेवा पाउनु आवश्यक ठानेर गलकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बलबहादुर खत्री र नरेठांटी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट जगन्नाथ सुबेदीको पहल र दाताको सहयोगमा गाउमै अक्सिजन सेवा सुरु भएको हो ।

डा. डिलबहादुर थोकर लामाले बोधिसत्वा बिहार संगको सहकार्यमा स्वास्थ्य इकाइलाई अक्सिजन मेसिन उपलब्ध गराएका हुन । कोरोना महामारीलाई समेत मध्यनजर गरि अक्सिजन मेसिन, पल्स अक्सिमिटर, सेनिटाइजर, पिपिइ सेट तथा अत्यावश्यक औषधि उपकरण स्वास्थ्य इकाईकालाई प्राप्त भएको छ । परोपकारी संस्था बोधिसत्वा विहार र डाक्टर साब लाई वडा कार्यालय मार्फत पहल गरेको थिए, प्राप्त भयो वडा अध्यक्ष खत्रीले भने, अहिले स्थानीयले सेवा समेत लिन पाएका छन ।

करिब ४ लाख बराबरको स्वास्थ्य सामाग्री र उपकरण प्राप्त भइ हस्तान्तरण गरेको खत्रीले जानकारी दिए । करार सेवाका दुई स्वास्थ्यकर्मी र सिमित औषधि मात्र भएको स्वास्थ्य इकाइ थप सबल बनेकोमा खत्रीले खुसी व्यक्त गरे । कोरोना महामारीको जोखिम कायमै रहेकोले कार्यरत कर्मचारीकोलागि सुरक्षा सामाग्री र बिरामी तथा अन्य स्थानीय नागरिकको लागि सेनिटाइजर लगाएत स्वास्थ्य सस्थामा निशुल्क नपाइने अत्यावश्यक औषधि समेत उपलब्ध भएको पहलकर्ता जगन्नाथ सुबेदीले जानकारी दिए ।

सिमित श्रोत साधनमा असुरक्षित भएरै भएपनी जनताको सेवा गरिरहेको बताउदै अक्सिजन मेसिन लगाएतका स्वास्थ सामाग्री र औषधि प्राप्त भएसंगै सेवामा खट्न थप उत्साह मिलेको इकाइमा कार्यरत स्वास्थ्यकर्मी कृष्णा खत्रीको भनाइ छ ।

उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराउने बोधिसत्वा बिहार र डाक्टर थोकर लामाले आगामी दिनमा एम्बुलेन्स र भिडियो एक्सरे मेसिन समेत उपलब्ध गराउने वचन दिएको वडा अध्यक्ष खत्रीले बताए ।
श्वासप्रश्वासका बिरामी धेरै भएको र कहिलेकाही जटिल समस्या भएर निजि हस्पिटलमा महङो शुल्क तिरेर अक्सिजन लगाउन जान पर्ने बाध्यता हटेको वडा सदस्य रुद्र सुवेदीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *