यस्तो छ ताराखोला गाउँपालिकाको बजेट (पूर्ण पाठसहित)

आदर्श अनलाइन, बागलुङ

जिल्लाको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु.३५ करोड, ५१ लाख ८६ हजार ९९८ बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले बिहीबार नवौ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुनले आगामी वर्ष संघीय सरकारले प्रदान गर्ने अनुदान, गण्डकी प्रदेश सरकारले प्रदान गर्ने अनुदान र गाउँपालिकाको अनुमानित आम्दानी, राजश्व बाँडफाँट लगायतको आधारमा बजेट सार्वजनिक गर्नुभएको छ ।

गाउँपालिकामा आगामी आर्थिक वर्षमा प्राप्त हुने सशर्त अनुदानको रु.१५ करोड ६५ लाख, वित्तीय समानीकरण अनुदान ७ करोड ३८ लाख, राजश्व बाँडफाडको ५ करोड ५५ लाख, गण्डकी प्रदेशको समानिकरण अनुदान तर्फ ७५ लाख ४९ हजार, राजश्व बाँडफाँड बाट ३१ लाख ७४ हजार प्राप्त हुने भएको छ । यस आर्थिक वर्षमा चालु र पूजिगत तर्फ रु.२ करोड ७६ लाख मौजाद रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको आगमी आर्थिक वर्षको बजेटमा आन्तरिक आम्दानी ४३ लाख १० हजार हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको चालु खर्च तर्फ ५ करोड ८० लाख, पूजिगत तर्फ १० करोड ९१ लाख, चालु खर्च ससर्त अनुदान तर्फ रु.१८ करोड, ८० लाख अनुमान गरिएको छ । यस्तै, कोरोना नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषमा १० लाख विनियोजन भएको छ ।

आर्थिक विकास र कृषि कार्यक्रम तर्फ ६८ लाख ५० हजार, सामाजिक विकास तर्फ शिक्षामा रु एक करोड २७ लाख, स्वास्थ्यमा ७२ लाख ८६ हजार, युवा तथा खेलकुदमा ६२ लाख, खानेपानी तथा सरसफाईमा रु.४ लाख विनियोजन गरिएको छ ।

पूर्वाधार तर्फ सशर्त अनुदान बाहेक रु.२ करोड १७ लाख विनियोजन भएको छ । सुशासन र संस्थागत विकास तर्फ ४२ लाख, प्रशासनिक खर्चका लागि रु.६ करोड २२ लाख विनियोजन भएको छ । गाउँपालिकाले ताराखोला कृषि बगैचा, युवालाई रोजगारी उत्पादन थरी थरी कार्यक्रममा २२ लाख, पशु तथा कृषि पकेटमा ३३ लाख विनियोजन भएको छ ।

करिमेलालाई नमूना पर्यटकीय गाउँ विकास गरी स्टोन भिलेजकौ रुपमा अगाडि बढाइने भएको छ । जसका लागि रु. १५ लाख विनियोजन भएको छ । छेजी करिमेला, म्याग्दी रुमा सडक स्तरोन्नती गर्न रु. ८० लाख विनियोजन भएको छ ।

हेर्नुहाेस् पूर्णपाठ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *