कोरोना संक्रमणबाट ७३ वर्षीया महिलाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ की ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएर जेठ २ गते धौलागिरी अस्पताल भर्ना हुनुभएकी उहाँको शुक्रबार राती ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरले जानकारी दिनुभयो ।

योसंग बागलुङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *