मदन भण्डारीको जन्मजयन्तीमा आश्रमलाई सहयोग


आदर्श अनलाइन, बागलुङ
स्वर्गीय जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अबसरमा मदन भण्डारी स्पोर्ट एकेडेमी बागलुङले मानवसेवा आश्रममा खाद्य सामाग्री बितरण गरेको छ ।

जन्मजयन्तीको अवसरमा मानव सेवा आश्रमका लागिे खाद्यान्न, फलफूल र स्वास्थ्य सामाग्री बितरण गरेको हो । आश्रमलाई निर्वतमान सांसद मनकुमारी केसी र एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले उक्त खाद्ययन्न तथा फलफूल सामाग्री आश्रमकी अगुवा बिपना तामाङलाई हस्तान्तरण गर्नुभएको छ ।

निर्वतमान सांसद केसीले स्वर्गिय जननेता मदन भण्डारीले नेपालको राजनीतिक इतिहासमा गरेको योगदान अतुलनीय रहेको भन्दै उहाँले सबैले उहाँको विचारबाट प्रेरित भई राजनीतिमा सक्रिय भएको बताउनुभयो ।


जननेता भण्डारीले बामपन्थी आन्दोलन, जनआन्दोलन २०४६ लगायतका अभियानमा गरेको अगुवाई, दिएको बिचार र राजनीतिक चेतनाले स्मरण योग्य भएको बताइएको छ ।
भण्डारीकै कार्यकर्ताको रुपमा बर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सम्म आइपुगेको समेत बताउदै उहाँका कारण धेरै राजनीतिमा सक्रिय भएर लागिरहेको स्मरण गर्नुभयो ।

सहयोग हस्तान्तरण एकेडेमीका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता र सचिव लोकेन्द्र केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अबसरमा एकेडेमीका सचिव लोकेन्द्र केसीले आश्रमका लागि रु. १० हजार नगद सहयोग गर्नुभयो । उहाँले आश्रम सञ्चालनमा सहयोग पुगोस भन्नका लागि सहयोग गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *