लोकमार्ग प्रभावित स्थानीय भन्छन्-‘कहिले सम्म सास्ती र जोखिम भोग्ने ?’

आदर्श अनलाइन, बागलुङ

मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड ट्रयाक खोलेको वर्षौँ बितिसक्दा समेत कालोपत्रे नहुँदा स्थानीयहरुले आक्रोस व्यक्त गरेका छन् ।

यस खण्डमा पर्ने काठेखोला गाउँपालिका वडा नम्बर ५ का सडक प्रभावित क्षेत्रका स्थानीयले बिहीबार एक विज्ञप्ती जारी गर्दै ठेकदार कम्पनीले अबको चार दिन भित्र कार्य सूचारु नगरे त्यसबाट उत्पन्न हुने परिस्थितको जिम्मा स्वएमं ठेकेदार कम्पनीले लिनु पर्ने चेतावनी दिएका छन् ।

यस खण्डको सडक निर्माणको जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रालिले जेठ मसान्तसम्म सडक कालोपत्रे गर्ने सम्झौता गरेपनि अहिलेसम्म कुनै पनि कार्य प्रगति नहएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।

‘पटक–पटक सम्बन्धित निकायका प्रमुख, संघीय सांसद, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय आयोजनाका उपाध्यक्ष लगायतले सर्वेक्षण गरेर स्थानीयवासिन्दाले ज्ञापन पत्र बुझएर ठेकेदारसँग जेठ समान्तसम्म कालोपत्रे गर्ने लिखित सम्झौता भएको थियो । आज असार मसान्तसम्म आइपुग्दा सडको स्तरोन्नती र कालोपत्रेको लागि कुनै पनि प्रगति नुहुन बजेट विनियोजनको लागि वर्षातको मौषममा जनतालाई भ्रममा राख्न गुणस्तरहिन निर्माण सामग्री ल्याएर देखावटी काम गरेको प्रष्ट छ । हिउँदको समयमा कुनै चासो नदिने वर्षातको समयमा जनतालाई भ्रममा राख्ने यो देखावटी काम गर्नु घोर आपत्तिजनक छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

स्थानीयले विज्ञप्ती मार्फत यस सडकको कालोपत्रे गर्न तर्फ सम्बन्धित निकायले ध्यान नदिएको तर्फ पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले भनेका छन्–‘कति चुप लागेर बस्ने ?, यस बाटोको अभिभावक्त्व लिने कस्ले हो ?, जवाफदेहिता हो हुने ?, सडकको दुर्दशाको कारण कुनै पनि बेला सवारी दुर्घटना हुने जोखिम छ । यसको जिम्मा कस्ले लिने ?, आखिर बाटो कहिलेसम्म कालोपत्रे हुने हो ? कहिलेसम्म हामीले सास्ती र जोखिम उठाउनु पर्ने ?’

No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *