गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

आदर्श अनलाइन,पोखरा

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिनुभयो ।

उहाँका अनुसार कास्कीमा ३,तनहुँमा २, बागलुङ १ र नवलपरासी पूर्वमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा –१३ की ५४ वर्षीया महिला, पोखरा –११ की ९३ वर्षकी महिला, पोखरा –६ की ७७ वर्षकी महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी, तनहुँको भिमाद –६ की ८१ वर्षकी महिला र ब्यास–११ की ४५ बर्षिय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । नवलपरासी पूर्वमा कावासोती–१ की ७८ बर्षिय महिला र देवचुली –९की ६० बर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ का ४५ वर्षका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको संयोजक शर्माले बताउनुभयो ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५६ पुगेको छ ।

गण्डकी प्रदेशमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २२२ जनाको नमुना परिक्षण गरिएकामा ४४८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१९ पुरुष र २२९ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका १५३, म्याग्दीका ३६, पर्वत २८, लमजुङ १४, गोरखा ५४, तनहुँ ८, बाग्लुङ ७२, स्याङ्जा ३२, मुस्ताङ १ र नवलपुरका ५० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ हजार १९८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५२ हजार २६१ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *