– राम सुवेदी
नागरिकको आफ्नो वाक् स्वतन्त्रता, विचारको स्वच्छन्दता र विचार मिल्नेहरुको समुह वा संगठनमा आवद्धता । लोकतान्त्रिक, विधि पद्धति र प्रणालीको अवलम्बन हो । उत्कृष्टताको प्रतिस्पर्धा, जनमतद्धारा अनुमोदित र जनताद्धारा स्वीकार्य नेता, जनचाहना अनुसारको नेतृत्व र नेतृत्वको नीति । राजनीतिमामा चल्ने यस्तो चक्रिय स्वरुप जस्लाई लोकतन्त्र, गणतन्त्र वा जनवाद आ–आफ्नै परिभाषा जहाँ जे लगाइएपनि, अन्ततः शारवस्तु एकै हो । विचारले विचारको प्रचार र विवेकशील जनमतको स्वशासन । यस्तो व्यवस्थाले ईङ्गित गरेका प्रतिवद्ध नीति कार्यक्रमहरु जनताद्धारा, जनताबाटै अनुमोदित शासन व्यवस्था वा राज्य व्यवस्थाले कदर गरेको व्यवस्थाले मात्र जनहितको काम गरेको हुन्छ । मत वा विचारको सम्मान, मतदान विचार समुहको जनमत अर्थात मतदाता र मतदाताहरुको मतदानबाट प्राप्त अधिकारको रक्षक नेतृत्व वा जनताको प्रतिनिधि । यसलाई वर्तमान शासन व्यवस्थाले परिकल्पना गरेको उत्कृष्ठ शासन व्यवस्था मानिएको हो । शासन गर्नु, राज्य तहमा पुग्नु, उच्च पदस्थ हुनु वा जननेतृत्वमा रहनुको अर्थ लोकतान्त्रिक पद्धती वा प्रणालीमा शासन व्यवस्थाको सही प्रयोगकर्ता मानिन्छ ।
जनमतबाट आएका मान्छेहरु जनतासँग डराउनु पर्दछ । आफ्नो विचार वा मतको कदर गर्न जान्नस पर्दछ । मत मिल्नेहरु जो मतदाता मानिन्छन् उनीहरुको समस्यामा काम लाग्न सक्नु पर्दछ । तव मतदाताले आफ्नो मत जाहेर गरेको वा मतदाताको अमुल्य मतदानको अर्थपूर्ण र उचित मुल्याँकन भएको राज्य व्यवस्था बन्दछ । नेतृत्व चयन गरिएपछि, नेतृत्वको नीतिमाथिको बहश, र छलफलपछिको निर्णय नीति पालनाको मूल शुत्र बन्नुपर्दछ । त्यो लोकतन्त्र वा गणतान्त्र जहाँपनि सर्वमान्य सिद्धान्त हो ।
देश सञ्चालनको नीति बनाउने राजनितिज्ञहरुले, राजनीतिमा लागेका र रहेका मान्छेहरुको चरित्रले बदनाम बनाएको राजनीति संग्लो बनाउने के गरि भन्ने चिन्ता आजको राजनीतिमा छ । मत जाहेर गर्ने वा मतदान गर्ने मतदाताहरुसँगको सम्बन्ध कायम नभएको राजनीति, राजनीतिले नीति बनाउनुपर्नेमा नीति भत्काउने काम भइरहेको छ । ‘हल नमिलेको हल गोरु’ जस्तो आजको राजनीतिमा नेता र जनता छन् । यो जनमतको कदर नभएको परिवेश हो । नेपालमा राजनीति गर्ने नेतालाई हेर्ने दृष्टिकोण आज किन नकारात्मक बन्यो । राजनीति भनेपछी ‘फोहोरी खेल’भनेर अधिकांश मानिसको मानसपटलमा किन विझ्यो ? यसको सबै कारण वर्तमान राजनैतिक चरित्रले भत्क्याएको चित्र हो जो कसैलाई मन परेको छैन ।
आजको राजनीतिमा विसुशुद्धताको सामाजिक संस्कार विगारिएको छ । पारदर्शितामाथि हिलो छ्यापेर, नदेखिने ऐनामा अनुहार हेरिंदैछ । इमान्दारिता र सामाजिक मूल्य मान्यतालाई मारिएको छ । के विग्रियो, को विग्रियो भन्दा भन्दै स्वयं विग्रिएको र आफ्नै कारण आफ्ना मतमिल्नेहरु टाढिएको, मतदान गर्नेहरु चिढिएको र मदतानको अपमान गरिएको परिदृश्य वरीपरी आजको राजनीति डुलेको छ । विग्रेको, विगारिएको र बदनाम भएको राजनीतिमा असल, इमान्दार र नैतिक चरित्र भएका मान्छेहरुको उपस्थिति पातलिंदैछ । ढाँटुन जान्ने, छल्न, छलाउन र कपटी कुराको जोहो गर्नेहरु राजनीतिमा तिनिक्कि तानिएका देखिन्छन् । आफुलाई औधि चलाख ठान्नेहरु जो अरुको ईज्जत पनि गर्दैनन र आफ्नो ईज्जतको पनि मतलव राख्दैनन, उनीहरु आजको र।ाजनीतिमा छन भन्ने आम इमान्दार मान्छेका मनसपटलमा छ । कारण आजको राजनीति समाज परिवर्तनका लागि भन्दा पनि व्यक्तिगत स्वार्थ र त्यसको साथ साथमा अहंकारी मान्छे बनाउने थातथलो मानिएको छ । उनीहरुको कमाइखाने भाँडो बनाइएको छ । राजनीतिमा जति फोहोरी मान्छेहरुपनि अटाउँछन् भन्ने जनमानसमा छर्लङ्ग देखिने गरि भान परेको छ । गलत काम गर्नेहरुको संरक्षण थलो राजनीति बन्यो । देशको नेतृत्वमा भ्रष्ट, बदनामी र बेइमानी नेताहरुको बाहुल्यता बढ्यो । नेपाली राजनीतिको बेथिति यहाँ भन्दा पर खोज्नु पर्दैन् घटेन मौलाउँदै गयो । जनता र जनमतको अवमूल्यन हुँदै गयो ।
आज कुनैपनि राजनैतिक पार्टिमा असल नेता भेट्याउन गाह्रो छ । असल नेता र नेतृत्वमा इमान्दारिता, निडरता, आदर्शता, बास्तविकता, र बौद्दिकता हुनुपर्ने हो । यसो हुनुको साटो अधिकांश नेताहरुमा अवसरवाद, अतिवाद, अराजकतावाद, गैरजिम्मेवारीपन, र भ्रष्टता उच्चतम विन्दुमा उछालिएको छ । राजनीतिमा नैतिक तवरले ‘वैचारिक इमान्दारिता‘ हराउँदै गैरहेको छ । यो अतिवादको राजनीतिले अराजकतावाद र गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको छ । जनताको मत र लोकतन्त्रको उपहास गर्दै एउटा ठूलो राष्ट्रको आशिर्वादमा देश र जनतालाई हदसम्मको अमानवीय संकटमा उत्पन्न भएको छ । केहि यस्ता भए, जसमाथि देश र जनताले आशा राखेभने, त्यो जनताको सोझो आसा अपेक्षामा सिधै दाग लगाएर उनै नेतृत्वबाट बदमासी एक पछि अर्को भइरहेको छ ।
हामीले देशमा विकास खोज्यौं । सामाजिक मूल्य मान्यता सहितको राज्य व्यवस्थाको परिकल्पना ग¥यौं । जनमतको कदर, मतको सुरक्षण र मतदानको औचित्यपूर्ण हिसाव खोज्यौं । लोकतन्त्रको पनि अझै परिस्कृत, परिमार्जित र युग अनुकुलको व्यवस्था गणतन्त्र हो भन्ने मानसिकताले यो व्यवस्था स्वीकार पनि ग¥यौं । तर विडम्बना आकाँक्षा र अपेक्षाभन्दा फरक ढंगले व्यवस्था चल्यो । आशातित चाहना, परिकल्पना सहितको राज्य व्यवस्था धरमराएको देखेपछि गुनासा, तिक्तता र निरासापन आउनु स्वभाविक हो । निरासाजनक मानसिकतामा जनता बस्नु त उचित हुँदैन किन कि जनताको जनबलबार्ट यो व्यवस्था निर्माण गरिएको हो भने त्यही जनबलले व्यवस्था भित्रका गलत क्रियाकलापहरु निरुत्साहित गर्दै जाने हो । तैपनि आन्दोलन, योगदान र बलिदानको सदुपयोग नभई दुरुपयोग भइरहेको हेरेर ठीक का ठीक भनेर कुईनो खुम्च्याउने जमानामा हामी छैनौं । यसको छिनोफानो आवश्यक छ ।
अर्कोतिर हाम्रो देशका अधिकांश बुद्दिजीबिमा पनि वैचारीक इमान्दारिताको कमि देखिन्छ । हामी नेपाली जनतामा पनि शिक्षा र संस्कारमा ठुलो परिवर्तनको खाँचो छ । राज्यमा नियम कानूनको सम्मान छैन । नीति र विधि बनाईन्छ, बनाइने बाटै त्यसको उल्लंघन भएको हुन्छ । लोकतन्त्र, मानब अधिकार, र नागरिकको वाक् स्वतन्त्रतामाथि हस्तक्षेप हुने कतिपय प्रवृत्तिहरु राज्य सञ्चालकहरुबाट आउने गर्दछन् । यसले विधिको शासनमाथि आफै प्रश्नहरु मात्र गरेन् । वर्तमान संविधान जस्लाई अहिलेको परिवेश अनुकुलको उत्कृष्ठ संविधान भन्ने गरिएको छ । त्यसको मूल मर्मलाई प्रहार गरिरहेको छ । राज्यतहमा पुगेकाहरु त्यसको संरक्षकत्वमा रहनुको साटो आफै प्रहार गरेका आम नागरिकमा महसुस हुन्त तव नागरिक तहबाट पनि कुनै समय प्रहार भयो भने त्यसले अवश्य थाहा दिने छ । मत, मतदाता र मतदानको अवमुल्यन नेतृत्वबाट भयो । र यो अवस्था सिर्जित भयो ।