तनहुँमा पहिरोले २१ पशुचौपाया मरे, १२ सय रोपनी खेतको धानबाली नष्ट

आदर्श अनलाइन, तनहुँ
गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी निवासी टेकबहादुर महतको गोठमाथिबाट आएको पहिराले १० बाख्रा र एक भैँसी मरेको छ ।

त्यसैगरी सोही वडास्थित चेतबहादुर भुजेलको घर माथिबाट आएको पहिराले नौ बाख्रा र एक भैँसी पुरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । पहिराले पुरिएका ५५ वर्षीय खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई जीवितै उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उनीहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *