गाँजासहित दुई जना पक्राउ

आदर्श अनलाइन, पोखरा

पोखराको तुलसी मार्गबाट अवैध लागु औषध गाँजा सहित दुई व्यक्ति पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं ११ पश्चिमान्चल क्षेत्रिय अस्पतालको पछाडी तुलसी मार्गमा चेक जाँचमा खटिएको प्रहरीको टोलीले अपाचे मोटरसाइकलमा सवार दुई व्यक्तिलाई चेकजाँच गर्ने क्रममा खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा -११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र पछाडी बस्ने रामेछाप जिल्ला रामपुर गाउँपालिका -५ घर भइ हाल पोखरा -५ जिरो किलोमिटर बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन्।

पक्राउ परेका उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *