खोलाले बगाएर एकको मृत्यु

आदर्श अनलाइन, गोरखा

आरुघाट गाउँपालिका–३ सोतीस्थित फङ्गी खोलाले बगाएर गोरखामा एक जनाको ज्यान गएको छ । खोला तर्ने क्रममा सोही गाउँपालिका- १ श्यामचेतका २६ बर्षीय किरण लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

‘ठाडो खोला रहेछ, तर्ने क्रममा बगाएर ३० मिटर तल फालेछ,’ डीएसपी प्रकाश दाहालले भने, ‘बेहोस अवस्थामा स्थानीयले उनलाई उद्धार गरेर उपचारको लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र लगे रहेछन् ।’ उपचारको क्रममा चिकित्सकले उनलाई बिहान ११ बजे मृत घोषणा गरेको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *